FLASH NEWS

स्थानिय स्तरको उत्पादनलाई प्राथमिकता दिनु पर्ने : मुख्यमन्त्री पाण्डे

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ पौष ७, बिहिबार (१ साल अघि)
  • १३६

    Shares

स्थानिय स्तरको उत्पादनलाई प्राथमिकता दिनु पर्ने : मुख्यमन्त्री पाण्डे

बुढिगण्डकी आयोजनाको काम छिटो सुरु हुने बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेले बताउनुभएको छ ।आज देखि सुरु भएको आठौँ धादिङ महोत्सवको उद्घाटन गर्दै उहाँले बुढिगण्डकी जलविद्युत आयोजना देश कै गौरवको आयोजना भएकोले यस आयोजनाको काम अब बन्ने गठबन्धको सरकारले बनाउने बताउनुभएको हो ।

त्यस्तै उहाँले स्थानिय स्तरको उत्पादनलाई प्राथमिकता दिए मात्रै महोत्सवले सार्थकता पाउने पनि बताउनुभयो ।

स्थानिय उत्पादनलाई प्राथमिकता दिएमा यहाँका नागरिकले फाईदा लिन सक्ने भएकोले विशेष महत्व दिएर स्थानिय उत्पादनको प्रर्वद्धन गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै उहाँले सामुदायिक कलेजमा पढ्न जाने छोरीहरुलाई निशुल्क पढ्न पाउने व्यवस्था गर्नुका साथै बागमती प्रदेश सरकारले युवाहरुलाई रोजगार प्रदान गर्ने उदेश्यले ३० लाख बजेट छुट्याएको समेत बताउनुभयो ।

उद्घाटन सत्रअघि त्रिपुरासुन्दरी गाउँपालिकाको तामाङ सस्कृति घोडचढी नाच, पन्चेबाजा,खैजेडी भजन गजुरी गाउँपालिकाको चेपाङ सस्कृति सम्मलाई समेटेर झाँकी तथा शोभा यात्रा निकालीएको थियो ।

धादिङ उद्योग बाणिज्य संघको आयोजनामा भएको आठौँ धादिङ महोत्सव पौष १७ गते सम्म संचालन हुनेछ । महोत्सव अबधि भर रास्ट्रिय तथा स्थानिय कलाकार हरुको सास्कृतिक प्रस्तुति रहने छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस