१९१
Sharesधुनिवेशी – उदय कृषि बहुउद्देश्यीय सहकारीले आफ्नो १५औँ साधारण सभा सम्पन्न भएको छ । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५ मा रहेको उक्त सहकारीले शनिबार साधारणसभा गरेको हो ।सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०७९ संस्थाका अध्यक्ष बासुदेब बास्कोटाले प्रस्तुत गर्नु भएको थियो ।
सहकारीमा १ करोड २३ लाख २७ हजारको सेयर रकम, १ करोड ५ लाख ८३ हजार ८९८ रुपैँया निक्षेप हिसाब रहेको सहकारीको कुल पूँर्जी तथा दायित्व २ करोड ५३ लाख २८ हजार ६०५ रुपैँया रहेको सहकारीका व्यवस्थापक राम नेपालीले बताउनु भयो ।
संस्थामा अहिले १हजार १सय ५२ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्य तथा बचत कर्ताहरुलाई विभिन्न विदामा सम्मान समेत गरेको सहकारीका अध्यक्ष बासुदेब बास्कोटाले बताउनु भयो ।
सहकारीका अध्यक्ष बासुदेब बास्कोटाको अध्यक्षता र धुनिबेशी नगरपालिकाका कार्यपालिका सदस्य सावित्रि मिजारको प्रमुख आतित्थ्यतामा भएको साधारणसभामा सहकारीका पदाधिकारी तथा सदस्य, कर्मचारी, सेयर सदस्य लगायतको सहभागीता रहेको थियो ।