१३६
Shares
धादिङ । जीवनपुर साना किसान कृषि सहकारीले आफ्नो २०औँ साधारण सभा सम्पन्न भएको छ । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ३ मा रहेको उक्त सहकारीले विहिबार साधारणसभा गरेको हो ।सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०७९ संस्थाका अध्यक्ष राजेश कुमार रुचालले प्रस्तुत गर्नु भएको थियो
सहकारीमा १ करोड ९९ लाख ११ हजारको सेयर रकम, २० करोड ३९ लाख ८७ हजार २७५ रुपैँया ऋण लगानी रहेको कुल पूँर्जी २४ करोड ६० लाख १८ हजार ६ सय ४४ रुपैँया कुल पूँजी सहकारीका व्यवस्थापक रमेश रुपाखेतीले बताउनुभयो ।
संस्थामा अहिले ३सय १५ वटा समुह तथा १हजार ९सय १६ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्यहरुलाई विभिन्न विधामा सम्मान समेत गरेको थियो ।
सहकारीका अध्यक्ष राजेश कुमार रुचालको अध्यक्षता र धुनिबेशी नगरपालिकाका उप -प्रमुख सुरज उप्रेतीका प्रमुख आतित्थ्यता, धुनिबेशी नगरपालिकाका पृर्वउपप्रमुख निरु खरेल, जिल्ला सहकारी संघ धादिङका अध्यक्ष रामचन्द्र आचार्य,धुनिबेशी नगर सहकारी संघका अध्यक्ष बासुदेव बास्कोटाको विशेष आतित्थ्यतामा भएको साधारणसभामा विभिन्न वडाका वडा अध्यक्ष,सँस्थाका प्रमुख तथा प्रतिनिधी, सहकारीका पदाधिकारी तथा सदस्य, कर्मचारी, सेयर सदस्य लगायतको सहभागीता रहेको थियो ।