FLASH NEWS

धानको मूल्य कार्यान्वयनको माग गर्दै खाद्यमा तालाबन्दी

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०७९ मंसिर २५, आईतबार (१ साल अघि)
  • ४९

    Shares

धानको मूल्य कार्यान्वयनको माग गर्दै  खाद्यमा तालाबन्दी

सरकारले तोकेको धानको समर्थन मूल्य कार्यान्वयनको माग गर्दै झापाका किसानले खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडको बिर्तामोडस्थित शाखा कार्यालयमा तालाबन्दी गरेका छन् ।

प्रहरीको हस्तक्षेपका बीच किसानहरूले अखिल नेपाल किसान महासङ्घ झापा र नेपाल किसान महासङ्घको संयुक्त आह्वानमा आज बिर्तामोडस्थित खाद्य कार्यालयमा तालाबन्दी गरेका हुन् ।

सरकारले तोकेको मूल्यमा धान खरिद नभइरहेको भन्दै किसानहरूले तत्काल समर्थन मूल्यमा धान खरिद गर्नुपर्ने माग गरेका थिए ।

अखिल नेपाल किसान महासङ्घका राष्ट्रिय समिति उपाध्यक्ष बेनु सिवाकोटीले व्यापारीले मनपरी मूल्यमा किसानबाट धान खरिद गरिरहेको गुनासो गर्नुभयो ।

सरकारले मोटा धान प्रति मन ११८६ र मध्यम धान १२५१ रुपैयाँ तोकेको छ । तर, व्यापारीहरूले आफूखुसी ९ सयदेखि १ हजारसम्म प्रतिमनमा धान खरिद गरिरहेको  किसानको गुनासो छ ।

जिल्लाभरबाट तालाबन्दी कार्यक्रममा प्रतिनिधिमूलक रुपमा सहभागी भएका किसानलाई प्रहरीले तालाबन्दी गर्न रोक्न खोजेको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस