FLASH NEWS

सुनदेवी अर्गानिक कृषि सहकारी संस्था लिमिटेडको १४ ओैँ वार्षिक साधारणसभा सम्पन्न

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ मंसिर २४, शनिबार (१ साल अघि)
  • ७१

    Shares

सुनदेवी अर्गानिक कृषि सहकारी संस्था लिमिटेडको १४ ओैँ वार्षिक साधारणसभा सम्पन्न

श्री सुनदेवी अर्गानिक कृषि सहकारी संस्था लिमिटेड गजुरीको १४ ओैँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।   शनिबार गजुरीको आदर्श बहुमुखी क्याम्पसको हलमा भएको साधारणसभामा संस्थाको अध्यक्ष सन्ताेष रिजालको अध्यक्षता रहेको   कार्यक्रममा  जुरी गाउँपालिका पूर्व अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतको प्रमुख आतिथ्यता रहेको थियोे। कार्यक्रममा लेखा समिति संयोजक जयराम ढुङ्गानाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

उक्त सभामा    जुरी गाउँपालिका वडा नं.१ का तारानाथ भण्डारी,साविक गजुरी गाविस पूर्व अध्यक्ष शुक्ल उप्रेती,जन आदर्श सहकारी अध्यक्ष रेशम लाल श्रेष्ठ,पिण्डेश्वरि सहकारी अध्यक्ष पुरुशाेतम न्यौपाने,प्रभु बैक गजुरी शाखा प्रमुख दिपक सिंखडा लगायतको उपस्थिति रहेको थियोे। साधारणसभामा २सय ५० भन्दा बढि सेयर सदस्यहरुको उपस्थिति रहेको थियोे।सुनदेवि सहकारीले गजुरी,बेनिघाट,सिद्धलेक र गल्छि गाउँपालिकामा आफ्नाे सेवा विस्तार गरेको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस