३२९
Sharesधादिङ्ग – नेत्रावती डबजोङ गाउँपालिकाको ५ वटै वडामा वडा स्तरीय मेलमिलाप समिति गठन गरिएको छ । नेत्रावती डबजोङ न्यायिक समिति धादिङको आयोजनामा गाउँपालिकाको सबै वडामा वडा स्तरीय मेलमिलाप समिति गठन गरिएको हो । गाउँपालिकाको उपाध्यक्ष तथा न्यायिक समिति संयोजकको अध्यक्षतामा वडाहरुमा वडा स्तरीय मेलमिलाप केन्द्र गठन गर्ने व्यवस्था गरेको छ । प्रत्येक स्थानिय तहका वडामा आवश्यकता अनुसार मेलमिलाप केन्द्र गठन गर्न सकिने व्यवस्था भए अनुरुप नेत्रावती डबजोङ गाउँपालिकाका सबै वडाहरुमा मेलमिलाप केन्द्र गठन गरिएको गाउँपालिकाका उपाध्यक्ष सिता माया चोदेनले जानकारी दिनुभएको छ ।
त्यस्तै स्थानिय स्तरमा आउने विवादलाई वडामा नै समाधान गर्ने उदेश्यले वडा स्तरिय मेलमिलाप केन्द्र स्थापना गरिएको उहाँले बताउनुभएको छ । संविधानको धारा २१७ मा गाउँपाकिामा उपाध्यक्ष र नगरपालिकामा नगर उप–प्रमुखको संयोजकत्वमा न्यायिक समिती निर्माण गर्ने व्यवस्था छ । स्थानिय स्तरका मुद्धा स्थानिय तहमा नै मेलमिलाप गरी निरुपण गर्नका लागि वडा तहमा मेलमिलाप केन्द्र गठन गर्ने कानुनी व्यवस्था गरेको हो ।