१४१
Sharesधादिङको धुनिवेशी नगरपालिकामा १९ औँ महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिवस मनाईएको छ । सोमबार आज महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको विदाई तथा सम्मान सँगै विभिन्न कार्यक्रमको आयोजना गरि उक्त दिवस मनाईएको हो ।
दिवसको अवसरमा धुनिवेशी नगरपालिका वडा नम्बर ५ का महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका शान्ता रुपाखेतीलाई नगद रु ५० हजार र प्रशँसापत्र सहित अवकास सम्मान गरिएको स्वास्थ्य शाखाका प्रमुख ध्रुव कुमार अधिकारीले बताउनु भयो ।
तेस्तै उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाहरुलाई प्रशँसापत्र र नगद रु ५ हजार सहित सम्मान गरिएको छ । सम्मानित हुनेमा चनमती गिरी, मिना न्यौपाने र गिता रुपाखेती पौडेल रहेको स्वास्थ्य शाखाका हेमन्त सुवेदीले जानकारी दिनु भयो ।
धुनिवेशी नगरपालिकाको उपप्रमुख सुरज उप्रेतीको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा यस्ता समाज सेवामा लामो समय काम गरेको भन्दै उपप्रमुख सुरज उप्रेतीले स्वयम् सेविकाहरुलाई धन्यवाद समेत दिनुभयो। कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्य स्वयम् सेविका लगायतको सहभागिता रहेको थियो ।