धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ धादिङ उद्योग वाणिज्य संघको आयोजनामा आउँदो पुष ७ गतेदेखि १७ गतेसम्म सदरमुकाम धादिङबेसी स्थित खुल्ला मञ्चमा आठौँ धादिङ महोत्सव हुँदैछ ।
उक्त महोत्सवका मुख्य आकर्षणहरुमा
- जिल्लाको स्थानीयतहको सहकार्यमा स्थानीय तह भित्र उत्पादन हुने वस्तु तथा सेवाको प्रद्धर्शनी
- कृषि प्रदर्शनी
- सानातथा घरेलु उत्पादनको प्रद्धर्शनी तथा विक्री वितरण
- विविध साँस्कृतिक प्रदर्शनी
- पर्यटन प्रवर्धन सम्वन्धी विविध कार्यक्रमहरु
- स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शनी तथा विक्री
- हस्तकलाको प्रदर्शनी तथा विक्रि वितरण
- राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुवाट दैनिक साँस्कृतिक प्रस्तुती
- खनिज जन्यवस्तुको प्रदर्शनी तथा विक्री
- जडिवुटीको प्रदर्शनी, विक्री तथा जानकारी
- आदिवासीहरुको भेषभुषा, संस्कृति तथा रहनसहनको प्रदर्शनी
- इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा विक्री-सूचना प्रविधी सम्बन्धी जानकारी
- अटोमोवाईल्सको प्रदर्शनी तथा विक्रीवितरण
- रमाईलो मेलावाल/उद्यान
- हेलिकोप्टरवाट जिल्लाको पर्यटकिय क्षेत्रहरुको दृष्यावलोकन रहेको छ । रहने आयोजकले जनायको छ। त्यस्तै
महोत्सवका उद्येश्यहरुमा
- प्रदर्शनी बाट सरकारको ध्यान केन्द्रित गराई यस क्षेत्रलाई औद्योगिक, ब्यापारिक, कृषि तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने
- स्थानिय स्तरबाट उत्पादित बस्तुहरुको बजार प्रवर्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने
- घरेलु उद्योगको प्रवर्धनमा टेवा पुर्याउने ।
- घरेलु उद्योग र कृषिलाई ब्यावसायिक आधुनिकिकरण तर्फ उन्मुख गराउने ।
- निकासी योग्य वस्तुको पहिचान एवं बजार प्रवर्धनमा सहयोग पुर्याउने ।
- यस जिल्ला तथा आसपासका अन्यपर्यटकिय स्थलहरुको विकास र विस्तारमा टेवा पुर्याउने
- स्थानीयबजारको विकास विस्तार एवं बिशिष्टिकरण तर्फ उन्मुख गराउने ।
- उत्पादक र उपभोक्ता वीच प्रत्यक्ष अन्तरक्रिया गराई सकारात्मक सम्बन्ध विस्तार गराउने ।
- कृषि पेशालाई व्यवसायिक रुपमा विकास गराउन सहयोग गर्ने ।
- आधुनिक एवं नयां प्रविधि, उपकरण एवं मेसिनका वारेमा जानकारी गराउने ।
- लोप हुन लागेका स्थानिय कला, साहित्य तथा लोक संस्कृतिको जगेर्ना गर्ने ।
- बिभिन्न जातजाती बीच सांस्कृतिक, सामाजिक तथा धार्मिक सद्भाव अभिबृद्धि गर्ने ।
- लगानीका अवसरहरुको सृजना गर्ने रहने पनि आयोजकले जनाएको छ।