६२८
Sharesधार्के – नवज्योती बचत तथा ऋण सहकारीको आफ्नो १६ औँ साधारण सभा सम्पन्न भएको छ । धादिङको धुनिवेशी नगरपालिका ६ धार्केमा रहेको सहकारीले शनिबार सहकारीको हलमा साधारणसभा गरेको हो ।
सहकारीमा २ करोड ४० लाखको सेयर रकम, १४ करोड ५० लाख रुपैँया निक्षेप र १३ करोड ३४ लाख रुपैँया ऋण लगानी रहेको सहकारीका प्रबन्धक हरिहर लुईँटेलले बताउनुभयो ।
कार्यक्रममा सहकारीले विभिन्न विधामा सम्मान गरेको छ । जेष्ठ सदस्य, उत्कृष्ट ऋणी बचत लगायतको विधामा सदस्यहरुलाई सम्मान गरिएको सहकारीले जनाएको छ ।
सहकारीका अध्यक्ष अर्जुन आचार्यको अध्यक्षता र जिल्ला सहकारी सँघ धादिङका अध्यक्ष रामचन्द्र आचार्यको प्रमुख आतित्थ्यतामा भएको साधारणसभामा विभिन्न सँस्थाका प्रमुख तथा प्रतिनिधी, सहकारीका पदाधिकारी तथा सदस्य, कर्मचारी, सेयर सदस्य लगायतको सहभागीता रहेको थियो ।