FLASH NEWS

धादिङमा डेंगु संक्रमित २५ सय नाघे

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ मंसिर १५, बिहिबार (१ साल अघि)
  • ७१

    Shares

धादिङमा डेंगु संक्रमित २५ सय नाघे

धादिङमा डेंगु संक्रमितको संख्या २५ सय नाघेको छ । पछिल्लो २४ घण्टामा नीलकण्ठ नगरपालिकाका ८ जना र सिद्धलेकका २ जना गरी थप १० जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङको विवरणमा उल्लेख गरिएको छ।

यो सँगै जिल्लामा हालसम्म संक्रमित हुनेको संख्या १ हजार ३४४ जना पुरुष र १ हजार १६५ महिला गरी कुल २ हजार ५०९ पुगेको छ ।
विवरण अनुसार सबैभन्दा बढि संक्रमित नीलकण्ठ नगरपालिकामा १ हजार ५६१, बेनिघाट रोराङमा १३९, गल्छीमा १३२, गजुरीमा १२०, धुनिबेशीमा ९४,सिद्धलेकमा ८६ जनामा संक्रमण भएको छ।

यस्तै त्रिपुरासुन्दरीमा ८१ ,ज्वालामुखीमा ७९, गंगाजमुनामा ३४, थाक्रेमा १८,नेत्रावती डवजोङमा १५,रुवीभ्यालीमा १४ र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस