१३८
Sharesधादिङमा डेंगु संक्रमितको संख्या २५ सय नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा नीलकण्ठ नगरपालिकाका थप ६ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङको विवरणमा उल्लेख गरिएको छ।
यो सँगै जिल्लामा हालसम्म संक्रमित हुनेको संख्या १ हजार ३४० जना पुरुष र १ हजार १५९ महिला गरी कुल २ हजार ४९९ पुगेको छ ।
विवरण अनुसार सबैभन्दा बढि संक्रमित नीलकण्ठ नगरपालिकामा १ हजार ५५३, बेनिघाट रोराङमा १३९, गल्छीमा १३२, गजुरीमा १२०, धुनिबेशीमा ९४,सिद्धलेकमा ८४ जनामा संक्रमण भएको छ।
यस्तै त्रिपुरासुन्दरीमा ८१ ,ज्वालामुखीमा ७९, गंगाजमुनामा ३४, थाक्रेमा १८,नेत्रावती डवजोङमा १५,रुवीभ्यालीमा १४ र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।