२०१
Sharesसोमबार धादिङको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुहुने प्रतिनिधि हरुलाइ निर्वाचन कार्यालयले प्रमाण पत्र वितरण गरिएको छ । बैरेनीमा भएको प्रमाणपत्र वितरण कार्यक्रम मार्फत प्रतिनिधी सभा सदस्यमा निर्वाचित राजेन्द्र प्रसाद पाण्डे, प्रदेश सभा सदस्यमा निर्वाचित मदुकुमार श्रेष्ठ र शालिकराम जम्कट्टेललाई निर्वाचन कार्यालय गल्छिले प्रमाणपत्र वितरण गरेको हो । प्रमाणपत्र ग्रहण पछि राजमार्गका बिभिन्न क्षेत्रमा धन्यवाद सभाको आयोजना भएको थियो ।
१३ गते मँगलबार दिउँसो १ बजे गल्छि, २ः३० बजे महादेववेशी र अपरान्ह ४ बजे धार्केबजारमा धन्यवाद सभाको आयोजना हुने भएको छ । सभामा खादा, माला र अबिर बिना सहभागी हुन बाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधी सभा क्षेत्र नम्बर १ धादिङको निर्वाचन परिचालन समितीले आग्रह गरेको छ ।