FLASH NEWS

आधारशिला सामाजिक उद्यमी महिला कृषि सहकारीको १० औ बार्षिक साधारण सभा सम्पन्न

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०७९ मंसिर ११, आईतबार (१ साल अघि)
  • २९४

    Shares

आधारशिला सामाजिक उद्यमी महिला कृषि सहकारीको १० औ बार्षिक साधारण सभा सम्पन्न

थाक्रे, धादिङ । आधारशिला सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लि.को ११औं बार्षिक साधारणभएको छ।


थाक्रे गाउँपालिका वडा नम्बर ९ मा रहेको आधारशिला सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थाले शनिबार दशौ बार्षिक साधारण सभा मनाएको हो । सहकारीको बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०७९ संस्थाका अध्यक्ष प्रमिला पण्डितले प्रस्तुत गर्नु भएको थियो ।
वि.स २०६९ सालमा स्थापना भएको सहकारीको शेयर पुँजी २ करोड ५ लाख १५ हजार रहेको छ । जगेडा कोषमा हिसाब रु. २ करोड ९ लाख ७ हजार १सय १२ रुपैयाँ, बचत (निक्षेप) रकम ३ करोड ९ लाख ९ हजार ८ सय ८१ रुपैयाँ, ऋण लगानी रु.५ करोड ३२ लाख ८६ हजार ७ सय २९ रुपैयाँ,बाल बचत रु.१७ लाख ३ हजार ५० रुपैयाँ,ऐच्छिक बचत रु. २६ लाख ८२ हजार ८ सय ३८ रुपैयाँ,जीवन सुरक्षा बचत ९ लाख ६० हजार ८ सय १९ रुपैयाँ,आवधिक रकम रु. ३२ लाख ९७ हजार ८ सय, खुद नाफा रु. ४५ लाख ६४ हजार ७ सय २९ रुपैयाँ रहेको सहकारीको जम्मा पुँजी तथा दायित्व रकम ६ करोड ८७ लाख २३ हजार ९ सय ४४ रुपैयाँ ५९ पैसा रहेको सहकारीका कोषध्यक्ष फूलमाया तामाङले बताउनु भएको छ ।

संस्थामा अहिले ६० वटा समुह तथा १हजार ४सय ७३ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्यहरुलाई विभिन्न विदामा सम्मान समेत गरेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि थाक्रे गाउपालिकाका अधक्ष्य रामकुमार आचार्य रहनु भएको थियो भने विशेस अतिथिमा जिल्ला सहकारी संग धादिङका अधक्ष्य रामचन्द्र आचार्य , पूर्व थाक्रे गाउपालिकाका उपाध्यक्ष तथा श्रिस्टि फ़ाउण्डेसनका अधक्ष्य अम्बिका रुपाखेती , थाक्रे ९ का वडा अधक्ष्य श्याम चन्द्र आचार्य , १० का गोकुल प्रसाद लामिछाने ,फोकस नेपालका प्रतिनिधि लगायत बिभिन्न सहकारी तथा संग सस्थाका प्रमुख तथा प्रतिनिथी , सियेर सदस्य हरु लगायत को सहभागिता रहेको थियो।

फोटो फिचर

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस