४३१
Sharesगायत्री खतिवडा धादिङ,
अन्तराष्ट्रिय सन्दर्भ ः
नोभेम्बर २५, देखि डिसेम्बर १० सम्मको १६ दिनलाई लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियानको रुपमा मनाउन थालिएको ३१ वर्ष भएको छ । सन् ९१९१ मा सेन्टरफर ओमन्स ग्लोवल लिडरसीप (CWGL) को सहयोगमा विभिन्न २३ देशका महिला मानवअधिकार रक्षकहरुले १६ दिने अभियान मनाउन थालेका हुन् । ७ फेब्रुअरी २००० मा संयुक्त राष्ट्रसंघको महासभाले नोभेम्बर २५ लाई अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवसको रुपमा मनाउन औपचारिक निर्णय गरेपछि शुरु भएको हो ।
महिलामाथि हुने हिंसा मानवअधिकार हनन्को सवाल हो भन्ने मान्यतालाई स्थापित गर्दै सोहि अनुरुप कार्य गर्न देश तथा संयुक्त राष्ट्रसंघिय निकायहरुलाई आह्वान गर्ने उद्देश्यले यो अभियान अन्तर्गत २५ नोभेम्बर (महिला हिंसा विरुद्धको दिवस) देखि १० डिसेम्बर (मानव अधिकार दिवस) सम्म समुदाय देखि सबै तह सम्म विभिन्न कार्यक्रमहरु गर्ने गरिन्छ ।
यसको सन्दर्भ डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन दिदीबहिनीहरूको तत्कालिन त्रुजिलो तानाशाही सरकारले सन् १९६० मा गरेको निर्मम हत्यासँग जोडिएको छ । यस घटनालाई लिङ्गको आधारमा हुने राजनीतिक हिंसाको प्रतिरूप मानिन्छ । पेट्रिया, मिनर्भा र मारिया नाम गरेका यी तीन दिदीबहिनीको हत्यालाई महिला विरुद्धको हिंसाको रूपमा लिई महिलावादीहरूद्वारा उनीहरूको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गर्दै मनाउने परम्पराको सुरुवात गरीएको हो । पछि संयुक्त राष्ट्रसंघद्वारा यसलाई आत्मसात गरी संसारभर नै यो दिवसलाई महिला हिंसा विरुद्धको दिवसको रूपमा स्थापित गरीएको हो ।
हरेक वर्ष राष्ट्रसंघको एउटा नारा र नेपाल सरकारको एउटा नारा हुने गरेको छ । यसवर्ष “UNITE! Activism to end violence against women and girls” अन्तराष्ट्रिय नारा र “सभ्य समाजको पहिचान ः लैगिंक हिंसा विरुद्धको अभियान ” भन्ने नेपालको नारा रहेको छ । मानवअधिकार क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरुले पनि आ आफ्नो नारा तय गर्ने गरेका छन् ।
नेपालको सन्दर्भ ः-
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात नेपालमा वि. सं २०५४ सालदेखि भएको पाइन्छ । विभिन्न मानवअधिकारवादी संघ संस्था र महिला मानवअधिकार रक्षकहरुले सचेतनामुलक कार्यक्रम गरि १६ दिने अभियानलाई मनाउने गरेका थिए । नेपाल सरकारको मन्त्रीपरिषदले २०७५ सालमा लैंगिंक हिंसा विरुद्धको १६ दिने अभियानलाई मनाउने निर्णय गरेदेखि यता सरकारी तवरबाट पनि मनाउन थालिएको हो । हाल नेपाल सरकारको तीनवटै तहको सरकारले विभिन्न सचेतना मुलक कार्यक्रम गरि १६ दिने अभियान मनाउने गरेको छ ।
नेपालमा महिला हिंसा विरुद्ध आवाज उठाउने पहिलो महिलाको रुपमा योगमाया न्यौपानेलाई लिन सकिन्छ । भोजपुरमा जन्मिएकी योगमायाले तत्कालिन नेपाली समाजमा हुने जुन अहिले पनि विद्यमान छ, महिलामाथीको अन्याय, शोषण, विभेद र कुसंस्कारको विरुद्धमा सशक्त आवाज उठाएकी थिइन् । बाल विवाह, बहुविवाह, अनमेल विवाह, शिक्षा र सम्पत्तिमा गरिएको विभेद, बोक्सी प्रथा लगायत अनेकन कुसंस्कार र कुपरंपराको विरुद्ध बोलेकी थिइन् । त्यतिबेलाको राणा सरकार समक्ष सामाजिक परिवर्तनको मुद्दाहरु उठाएकी थिइन् । यद्यपी उनको मागहरुमा सुनुवाइ हुन सकेन र वि. सं १९९८ मा आफ्ना अनुयायीहरु सहित लिएर सामाजिक परिवर्तनको खबरदारी गर्दै जलसमाधी लिएकी थिइन् ।
नेपाली महिलाको राजनीतिक आन्दोलनको कुरा गर्दा विराटनगर जुटमिलमा भएको मजदुर आन्दोलनसंग जोडिएको छ । वि स.२००३ सालमा विराटनगरमा भएको मजदुर आन्दोलनमा दिव्या कोइरालले नेतृत्व गरेकी थिइन् । वि सं २००४ सालमा साहना, साधना , स्नेहलता लगायता महिला नेताहरुले आन्दोलनको अगुवाइ गरि सडकमा निस्कीएका थिए । वि सं २००७ साल यताको सवै राजनीतिक परिवर्तनमा नेपाली महिलाको महत्वपूर्ण योगदान छ ।
देशमा विभन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनले महिलाहरुलाई आफु विरुद्ध भएको सवैप्रकारको विभेद र शोषण विरुद्ध बोल्न बलियो बनाएको छ । नेपालको संविधान २०७२ मा भएको मौलिक हक मार्फत महिलाको अधिकारलाई सुनिश्चित गर्ने व्यवस्था गरिएको छ । मुलुकी अपराध फौजदारी कसुर सजायँ ऐन २०७४ लगायत विभिन्न ऐन र संहितामा महिलाको हक सुरक्षित गरिएको छ ।
नेपाली महिलाको अवस्था
नेपालमा महिलामाथी हुने हिंसा मध्ये घरेलु हिंसा उच्च स्थानमा रहेको छ । ७० प्रतिशत महिला कुनै न कुनै प्रकारको घरेलु हिंसाको शिकार भएको विभिन्न तथ्यले देखाएको छ । शारिरीक हिंसा, यौनजन्य हिंसा , आर्थिक हिंसा र सामाजिक तथा सास्कृतिक हिंसा पनि उत्तिकै रहेको छ । दाइजो नदिएको आरोपमा आज पनि महिलामाथी कुटपिट र मार्ने प्रयास भैरहेको छ ।
महिलामाथी दिनहुँ विभिन्न रुपमा शोषण भैरहेको छ । समय र प्रविधीको विकाससंगै महिलामाथी गरिने शोषण र र्दुव्यवहारको स्वरुपहरु बदलिएको छ । साइबर अपराध अन्र्तगत मोबाइल, फेसबुक, म्यासेन्जर लगायतका विद्युतिय माध्यमबाट शोषण गर्ने नयाँ स्वरुपहरु देखिएको छ ।
कुटपिट,बलात्कार, यौन दुब्र्यबहार, हत्याको प्रयास, एसिड हान्ने, मानसिक यातना, लगाएतका घटनाहरु साथै मानसिक तनावका कारण बढ्दो आत्महत्याका घटनाहरु दिन दिनै बढ्दो रुपमा रहेको अवस्था छ ।
घर भित्र, घर बाहिर या कार्यस्थलमा जहाँसुकै महिलामाथी शोषण, र्दुव्यवहार र शारिरीक मानसिक यातनाको घटना हुने गरेको छ । झन्डै ४८ प्रतिशत महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शोषण, विभेद, र्दुव्यवहार र हतोत्साहको सामाना गर्नु परेको हुन्छ । झन्डै ३० प्रतिशत महिला प्रत्यक्ष रुपमा आफनै जिवनसाथीबाट शारिरीक, मानसिक र यौनजन्य हिंसाको शिकार भएका छन् । हिंसामा संलग्न हुनेमा नचिनेका मान्छे भन्दा सवै चिनेजानेका नजिकका व्यक्तिहरु, आफन्त, नातेदार र परिवारका सदस्यहरु हुने गरेका छन् ।
यो दुखद अवस्थाको प्रमुख कारक तत्वको रुपमा घरदेखि सबै तह तप्कामा रहेको पितृसत्तात्मक सोच हो । जसले महिलाको शरीर र यौनीकतालाई नियन्त्रण गर्दछ र गरिरहेको छ । महिला र पुरुषवीच रहेको असमान शक्ति सम्बन्धका कारण पुरुषले जस्तो गरेपनि समाजलाई स्विकार्य हुने र महिलाले सहनुपर्ने चुप बस्नुपर्ने संस्कार जिउँदो छ । आज पनि महिला र पुरुषलाई फरक दृष्टिकोणबाट हेरिन्छ । व्याख्या विष्लेषण गरिन्छ । पुरुषले अपराध गर्दा पनि सर्वमान्य , सामान्य र सम्मानजनक नै हुने अनि महिलाले मात्रै घरदेखि समाजको इज्जतको भारि बोक्नुपर्ने, दोषी हुने, मान नहुने विभेदकारी दृष्टिकोणले जरा गाडेको छ । आज पनि महिलाको स्व अस्तित्व, पहिचान र मान छैन । महिलाले गर्ने श्रमको सम्मान छैन ।
अन्तमा:-
महिला माथि हुने हिंसा अन्त्यका लागि संरचनागत असमानताबाट सिर्जित भेदभाव र अन्तरनिहित कारणहरुको पहिचान गरी सम्बोधन गर्न जरुरी छ । साथै महिलाले स्वतन्त्र रुपमा आफ्नो स्वः पहिचानका साथ जीवन यापन गर्न पाउने अधिकारको सुनिश्चितता राज्यले गर्न सक्नुपर्छ । महिला माथि हुने हिंसा महिला विरुद्ध गरिने अपराध हो , मानव अधिकारको हनन् हो भन्ने कुरालाई आत्मसाथ गरिनुपर्छ ।
तीनै तहको सकारले प्रत्यक्ष रुपमा लैगिंक हिंसा रोेकथामका कार्यक्रम ल्याइनुपर्छ । अहिले कागजमा मात्रै काम भएको देखिन्छ । महिलामाथी हुने लैगिंक असमानताको अन्त्यका लागि महिलाको श्रमको सम्मान र ज्यालाको सुनिश्चितता गरिनुपर्छ । महिलाले घरभित्र गर्ने कामको पनि वर्गिकरण गरिनु आवश्यक छ । महिलाले गर्ने सवै क्षेत्र र स्वरुपका श्रमलाई सम्मान गरिनुपर्छ । साथै उत्पादनमूलक कार्यक्रममा महिलाको सहभागितालाई प्रोत्साहन गर्नुपर्छ ।
महिला हिंसा विरुद्धको १६ दिने अभियानलाई समुदाय लगायत सबै स्तरमा आमसचेतिकरण र महिला अधिकारको सुनिश्चितताको लागि पैरवी गर्ने अवसरको रुपमा लिने गरिएको छ । यो अभियानले महिला हिंसा अन्त्यको लागि सबै सरोकारवालाहरु लाई जिम्मेवार र पूर्णरुपमा उत्तरदायी बनाउने वातावरण तयार गर्दछ । साथै सरकारलाई आफ्ना प्रतिवद्धताहरु पालना गर्नु पर्दछ भन्ने महसुस गराउन दवाव सिर्जना गर्दछ । यस वर्षको नारा “सभ्य समाजको पहिचान ः लैगिंक हिंसा विरुद्धको अभियान ” भन्ने रहेको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगतको १६ दिन भित्र पर्ने मुख्य दिवसहरु ः
नोभेम्बर २५ महिला हिंसा विरुद्धको दिवस
नोभेम्बर २९ महिला मानवअधिकार रक्षक दिवस
डिसेम्बर १ विश्व एड्स दिवस
डिसेम्बर ३ विश्व अपाङ्गता दिवस
डिसेम्बर ५ विश्व स्वयंसेवक दिवस
डिसेम्बर ६ महिला सहिदहरुको सम्मान दिवस
डिसेम्बर ९ मानवअधिकार रक्षक दिवस
डिसेम्बर १० अन्र्तराष्ट्रिय मानवअधिकार दिवस
नोभेम्बर २५ देखि १० डिसेम्बर भित्र पर्ने सवै दिवसहरु मानवअधिकारसंग सम्बन्धित रहेको छ । खासगरि महिलाको मानवअधिकारसंग जोडिएको सवाल हो । यि क्षेत्रहरुमा महिलामाथी हुने शोषण र विभेदको अवस्था विश्लेषण गर्ने, हिंसा अन्त्य गर्न नयाँ योजना तयार गर्ने र हिंसा विरुद्ध सवै एक भएर काम गर्ने ऐक्यबद्धता अभियानको रुपमा पनि यो लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानलाई लिइन्छ । त्यसैले यो १६ दिन मात्रै नभएर वर्षभरि नै सवै सरोकारवालाहरु पक्षहरु लैगिंक हिंसा विरुद्धमा संवेदनशील भई हिंसा विरुद्धको अभियान संगसंगै सक्रियता साथ काम गरुन् भन्ने कामना व्यक्त गर्दछु ।
गायत्री खतिवडा
सदस्य ः महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल