FLASH NEWS

धादिङमा आज शान्तिपुर्ण मतदान,५५.९५ प्रतिशत मात्रै मत खस्यो

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०७९ मंसिर ४, आईतबार (२ साल अघि)
  • १५६

    Shares

धादिङमा आज शान्तिपुर्ण मतदान,५५.९५ प्रतिशत मात्रै मत खस्यो

 

धादिङमा  भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतदानमा ५५.९५ प्रतिशत मत खसेको छ ।

धादिङमा दुई लाख ६५ हजार ९९६ मतदाता रहेकोमा १ लाख ४८ हजार ८ सय ३९ मत खसेको निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकृत सन्तोष कुमार कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लामा ७० हजार १ सय ६३ महिला र ७८ हजार ६ सय ७६ जना पुरुषले मतदान गरेका छन् । ११४ मतदान स्थल अन्तर्गत ३०३ मतदान केन्द्र र १ अस्थायी मतदान केन्द्रबाट मतदान भएको श्रेष्ठले बताउनुभयो । अस्थायी मतदान केन्द्र अन्तरगत जिल्ला कारागार धादिङबाट ६१ जना कैदीबन्दी सहित ११२ जनाले मतदान गरेका छन् ।

जिल्लामा शान्तिपुर्ण रुपमा मतदान भएको निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकृत सन्तोष कुमार कुमार श्रेष्ठले बताउनुभयो ।जिल्लामा १ लाख ३५ हजार ४०१ पुरुष र १ लाख ३० हजार ५९४ महिला र १ जना अन्य मतदाता गरी २ लाख ६५ हजार ९९६ मतदाता थिए ।

जिल्लामा निर्वाचन व्यवस्थापन तथा सुरक्षाको लागि १६ सय म्यादी सहित २५ सय सुरक्षाकर्मी र २ हजार ४२२ कर्मचारी खटिएका थिए ।दुई प्रतिनिधि सभा तर्फ चार प्रदेश रहेको धादिङमा आधिकारिक दल र स्वतन्त्र गरी प्रतिनिधिसभामा २८ जना र प्रदेशसभामा ३८ जना चुनावी मैदानमा छन् ।Bagamati kalam.com

(कहाँ कति मत खस्यो हेर्नुहोस् विवरण)

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस