८४
Sharesफाइल फोटो
जिल्ला कारागार धादिङको अस्थायी मतदान केन्द्रबाट ६१ कैदीबन्दीले मतदान गरेका छन् । बिहान ७ बजे नै मतदान सुरु भएको कारागारमा ६१ कैदीबन्दीले मतदान गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो ।
उनीहरुले प्रतिनिधिसभाको समानुपातिक तर्फ मात्र मतदान गर्नुभएको खत्रीले बताउनुभयो। समानुपातिकको मत आयोगमा दर्ता भएका राजनीतिक दलले मात्र पाउने प्रावधान छ ।
निर्वाचन आयोगले पहिलोपटक मतदाता नामावलीमा नाम समावेश भएका कैदीबन्दीलाई मतदान गर्ने व्यवस्था गरेको थियो ।