१५८
Shares
धादिङमा डेंगु संक्रमितको संख्या २३ सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप १४ जना पुरुष र १७ जना महिला गरी ३१ जना डेंगुका नयाँ बिरामी थपिएको स्वास्थ्य कार्यालय धादिङको विवरणमा उल्लेख गरिएको छ।
यो सँगै जिल्लामा हालसम्म जिल्लाका १ हजार २४२ जना पुरुष र १ हजार ६८ महिला गरी कुल २ हजार ३१० जनामा संक्रमण पुष्टि भएको छ ।
विवरण अनुसार सबैभन्दा बढि संक्रमित नीलकण्ठ नगरपालिकामा १ हजार ४४६, गल्छीमा १३१, गजुरीमा १०६, बेनिघाट रोराङमा ९५,ज्वालामुखीमा ९१,धुनिबेशीमा ९०,त्रिपुरासुन्दरीमा ८० जनामा संक्रमण भएको छ।
यस्तै सिद्धलेकमा ७४, गंगाजमुनामा ३३, थाक्रेमा १८,नेत्रावती डवजोङमा १५,रुवीभ्यालीमा १३ र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्लाको कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ९ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।