७७
Shares
धादिङका थप ९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । आईतबार नीलकण्ठ नगरपालिकाका ७ जना, ज्वालामुखी र गंगाजमुना गाउँपालिकाका एक÷एक जना गरी ९ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
हालसम्म जिल्लामा १ हजार २२२ जना पुरुष र एक हजार ४७ महिला गरी कुल २ हजार २६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख गरिएको छ । जिल्लाका संक्रमित मध्ये आधा भन्दा बढि संक्रमित नीलकण्ठ नगरपालिकामा रहेका छन् ।
कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ९ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।