४२४
Shares
धादिङको धुनिबेशी ७ खानिखोलामा रहेको मच्छिन्द्र बहुमुखी क्याम्पसले आज शनिबार अन्तरक्रिया कार्यक्रम गरेको छ ।
वि.स २०६६ सालमा स्थापन भएको मच्छिन्द्र सामुदायिक क्याम्पसमा व्यवस्थापन र मानविकि संकायमा अध्यापन हुँर्दै आएको छ । २०६७ माघ देखि क्याम्पसले व्यवस्थापन र मानविकि संकाय अध्यान गराउदै आएको छ । यस क्याम्पसमा त्रि.वि.को स्वीकृतीमा व्यवस्थापन संकाय अन्र्तगत ४ वर्षे वि.वि.एस र मानविकि संकाय अन्र्तगत वि.ए मा समाजशास्त्र, ग्रामिण विकास तथा नेपाली विषयको अध्यन अध्यापन गराउँदै आएको क्याम्पस सहायक प्रमुख शेखर कार्कीले बताउनु भएको छ ।
क्याम्पसका लागि १३ कोठे भवन, चमेना गृह तथा शौचालयको व्यवस्थापन गरी आफ्नौ भवनबाट अध्यन अध्यापन सुरु गरेको क्याम्पस प्रमुख पाठकले बताएक छन्। क्याम्पसले निकट भविष्यमा स्नातकोत्तर कार्यक्रम र स्नातक तहमा वि.सि.ए सञ्चालन गर्ने रणनीति बनाएको प्रमुख पाठकको भनाइ छ ।
त्यसै गरी अन्र्तक्रिया कार्यक्रममा बोल्नु हुँदै क्याम्पस सञ्चालक समिति सदस्य विष्णु प्रसाद उप्रेतीले ५ वटा सामुदायिक विद्यालयबाट १२ कक्षा पास भएका ५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने बताउनु भएको छ । उहाँले सम्बन्धित विद्यालयले विद्यार्थीको सिफारिस गर्नु पर्ने बताउनु भएको छ ।
कार्यक्रममा बोल्नु हुँदै क्याम्पस सञ्चालक समितिका अध्यक्ष अर्जुन प्रसाद उप्रेतीले फीडर माध्यमिक विद्यालयका प्र.अ तथा विषयगत शिक्षकहरुले दिनु भएको सल्लाह तथा सुझाबलाई मर्नन गर्ने बताउनु भएको छ ।उहाँले क्याम्पसको शैक्षिक गुणस्तर सुधार गर्न आफू लागि परेको बताउनु भएको छ ।