१५६
Sharesडोटीमा मंगलबार मध्यराति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडको भूकम्पले घर भत्काउँदा तीन जनाको मृत्यु भएको छ ।
फोटो सामाजिक संजाल
उनीहरुको सनाखत हुन बाँकी छ । अन्य घाइतेको उद्दार गरिएको अध्यक्ष उपाध्यायले बताए । उद्दारमा नेपाली सेना, नेपाल प्रहरीको टोली खटिएको छ भने थप विवरण आउन बाँकी छ ।
यसअघि राति ९ बजेर ७ मिनेटमा डोटी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको थियो।
दूरपश्चिममा पाँच घण्टाको अन्तरालमा ६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । घरमा सुतिरहेको अवस्थामा बिहानको भूकम्पका कारण घरहरू भत्किएर मानवीय क्षति भएको हो । घर भत्किएर मानवीय क्षति भएको खबर प्राप्त भए पनि पूर्ण विवरण आउन नसकेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनु भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा. लोकविजयी अधिकारीले खप्तङड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्द्र बनाएर भूकम्प गएको जानकारी दिनु भएको छ ।