FLASH NEWS

गोगनपानी कृषि सहकारीको बार्षिक साधारण सभा सम्पन्न,

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०७९ कार्तिक १६, बुधबार (२ साल अघि)
  • २२९

    Shares

गोगनपानी कृषि सहकारीको बार्षिक साधारण सभा सम्पन्न,

थाक्रे ,धादिङ -गोगनपानी साना किसान कृषि सहकारी संस्था लि.को २३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साविकको गोगनपानीमा रहेको गोगनपानी साना किसान कृषि सहकारी संस्थाले बुधबार बार्षिक साधारण सभा मनाएको हो ।

सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०७९ संस्थाका अध्यक्ष बद्री प्रसाद रुपाखेतीले प्रस्तुत गर्नु भएको थियो । वि.स २०५३ सालमा स्थापना भएको सहकारीको शेयर पुँजी १ करोड ३८ लाख २८ हजार रहेको छ । जगेडा कोषमा रु. १ करोड २६ लाख ५८ हजार ३ सय ९५ रुपैयाँ, अन्य जगेडा कोषमा ८० लाख ६८ हजार १ सय ३ रुपैयाँ, संस्थागत कोषहरु ५० लाख ५७ हजार ५७ रुपैयाँ, कर्जा जोखिम कोष २७ लाख २६ हजार ९१ रुपैयाँ,बचत (निक्षेप) रकम ५ करोड २३ लाख १६ हजार ७ सय ११ रुपैयाँ, तिनु पर्ने ऋण ७ करोड २८ लाख ३० हजार, पाउनु पर्ने ब्याज कन्ट्रा हिसाब ९ लाख १७ हजार ९ सय २६ रुपैयाँ, कर कार्यालयलाई दिनु पर्ने रकम १ लाख ५२ हजार १ सय ४७ रुपैयाँ,अन्यलाई दिनु पर्ने ९ लाख ८२ हजार ६ सय ५७ रुपैयाँ,अनुदान हिसाब ६५ हजार रहेको सहकारीको जम्मा पुँजी तथा दायित्व रकम १७ करोड १५ लाख ९५ हजार ९० रुपैयाँ ८९ पैसा रहेको सहकारीका व्यवस्थापक सन्जय सुबेदीले बताउनु भएको छ ।

संस्थामा अहिले १६२ वटा समुह तथा ८१३ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्यहरुलाई विभिन्न विदामा सम्मान समेत गरेको सहकारीका अध्यक्ष रुपाखेतीले बताउनु भयो ।कार्यक्रममा नेपाल कृषि सहकारी केन्दिय संघका अध्यक्ष खेम बहादुर पाठकको प्रमुख आतित्यता रहेको कार्यक्रममा उपाध्यक्ष यन्त्र बहादुर थापा, नेपाल कृषि सहकारी केन्दिय संघका सञ्चालक सदस्य अप्सरा अधिकारी लगायत जिल्लाका अन्य सहकारीका अध्यक्षहरु र संस्थाका शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

त्यसै गरी आजै भएको अधिबेशनले पुनः बद्री प्रसाद रुपाखेतीको अध्यक्षतामा ९ सदस्य सञ्चालक समिति चयन गरेको छ । जसको उपाध्यक्षमा राजन कुँवर,सदस्यहरुमा कुष्ण अधिकारी,मधु प्रसाद सुबेदी,बल बहादुर नेपाल,शुक्र बहादुर तामाङ, निर्मला पोखरेल रेग्मी,धन बहादुर तामाङ र सिताराम अर्याल रहेका छन्।nagarikpati.com

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस