४४
Shares|lgjf{rgsf] ;fdu|L 9'jfgL ul/Fb} sf7df8f}F, !! sflQs M cfufdL dªl;/ $ ut] x'g] k|ltlglw;ef / k|b]z;ef ;b:osf lgjf{rgsf nflu ljleGg lhNnfdf lgjf{rg ;fdu|L k7fpg uf8Ldf nf]8 ub}{ cfof]usf sd{rf/Lnufot sfdbf/ . tl:a/ M k|bLk/fh jGt÷ /f;;
आगामी मंसिर ४ गते हुने चुनावका लागि निर्वाचन आयोगले आवश्यक सामग्रीहरु जिल्लामा पठाउन सुरु गरेको छ । मतपेटिका, छेकबार, स्वस्तिक छाप लगायतका विभिन्न ५७ प्रकारका सामग्रीको ढुवानी सुरु गरिएको आयोगले जनाएको छ ।
आयोगकाअनुसार हिजोदेखि सुदूरपश्चिम, कर्णाली र पूर्वाञ्चलका जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सुरु गरिएको हो । अब दुर्गम जिल्लाहरूमा निर्वाचन सामग्रीको ढुवानी गरिने आयोगले जनाएको छ ।
आयोगकाअनुसार जिल्ला निर्वाचन कार्यालयमार्फत ती सामग्रीलाई सम्बन्धित निर्वाचन अधिकृतलाई बुझाउने र निर्वाचन अधिकृतले मतदान अधिकृतलाई बुझाउनेछन् । आयोगले पूर्व निर्धारित कार्यतालिका अनुसार नै निर्वाचन सामग्रीको ढुवानीको काम भइरहेको जनाएको छ ।
मतपत्र ढुवानीको काम पनि भइरहेको छ । अहिलेसम्म समानुपातिकतर्फको मतपत्र ८ वटा जिल्ला बाहेक सबै जिल्लामा ढुवानी भइसकेको आयोगले जनाएको छ । केही दुर्गम जिल्लामा बाटोघाटो अवरोध भएका कारण मतपत्र ढुवानीको काम बाँकी रहेको छ । आयोगका अनुसार प्रत्यक्षतर्फका मतपत्र अबका केही दिनमा दुर्गम जिल्लाबाट ढुवानीको क्रम सुरु गरिनेछ ।