१२०
Sharesआज दिउँसो प्रदेश-१ र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको हो।
राति प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भेगहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । केही दिनदेखि देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महसुस भएको बताएको छ ।
अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाहीँ उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो बढेको मौसमविद्को भनाइ छ ।