७९
Sharesपछिल्लो २४ घण्टामा धादिङका थप ५३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा २३ पुरुष र ३० महिला गरी ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै गत साउन १ गतेदेखि यता जिल्लामा डेंगी बिरामीको संख्या एक हजार ७२८ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङको विवरण अनुसार जिल्लाका ९४६ जना पुरुष र ७८२ महिला गरी कुल एक हजार ७२८ जनामा संक्रमण पुष्टि भएको छ।
सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा एक हजार ५४ रहेको छ भने गजुरीमा १सय ६ र धुनिबेशीमा ८७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। यस्तै गल्छीमा ८३, त्रिपुरासुन्दरीमा ६९, ज्वालामुखीमा ६८, बेनिघाट रोराङमा ३९, सिद्धलेकमा ४०, थाक्रेमा १७, नेत्रावती डवजोङमा १२, रुवीभ्यालीमा ११, गंगाजमुनामा २७ र खनियाबास गाउँपालिकामा ५ जनामा संक्रमण पुष्टि भएको छ ।
कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ८ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) बाट परिक्षण हुदैँ आएको छ ।