FLASH NEWS

भुमेस्थान साना किसान कृषि सहकारीको २०औं बार्षिक साधारण सभा सम्पन्न

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०७९ कार्तिक ५, शनिबार (२ साल अघि)
  • ६००

    Shares

भुमेस्थान साना किसान कृषि सहकारीको २०औं बार्षिक साधारण सभा सम्पन्न
भुमेस्थान साना किसान कृषि सहकारीको २०औं बार्षिक साधारण सभा सम्पन्न

थाक्रेभुमेस्थान साना किसान कृषि सहकारी संस्था लि.को २०औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साविकको भुमेस्थान ६ सिम्लेमा रहेको भुमेस्थान साना किसान कृषि सहकारी संस्थाले शनिबार बार्षिक साधारण सभा मनाएको हो । सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०७९ संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले प्रस्तुत गर्नु भएको थियो ।

IMG_7168.JPG
वि.स २०५० सालमा स्थापना भएको सहकारीको शेयर पुँजी २ करोड ७५ लाख २९ हजार ६ सय रहेको छ । साधारण जगेडा कोषमा रु. १ करोड २६ लाख ५८ हजार ८ सय १४ रुपैयाँ, अन्य जगेडा कोषमा ७८ लाख ४९ हजार ९ सय ८९ रुपैयाँ, ऋण लगानीमा सम्भावित जोखिम कोष ३५ लाख ३८ हजार ३ सय ८७ रुपैयाँ, बचत (निक्षेप) रकम ९ करोड ९२ लाख २ हजार ६ सय ७३ रुपैयाँ,बाह्य ऋण सापटी हिसाब रकम ११ करोड ५३ लाख ८० हजार, पुँजिगत अनुदान कोषमा १ करोड ९ लाख ४० हजार १ सय ६९ रुपैयाँ,चालु दायित्व तथा भुक्तानी दिनुपर्ने रकम ११ लाख ९३ हजार २ सय ६५ रुपैयाँ, दिर्घकालिन तथा अन्य रकम ५२ लाख ७३ हजार १ सय ५६ रुपैयाँ, अपलेखित कर्जा तथा आम्दानी नजनाइएको व्याजको कन्ट्रा रकम २२ लाख ४८ हजार ९ सय ५ रहेको सहकारीको जम्मा पुँजी तथा दायित्व रकम २८ करोड ५८ लाख १४ हजार ९ सय ६० रुपैयाँ ८५ पैसा रहेको सहकारीका व्यवस्थापक नानु थापाले बताउनु भएको छ ।

IMG_7163.JPG
संस्थामा अहिले १९१ वटा समुह तथा ११४९ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्यहरुलाई विभिन्न विदामा सम्मान समेत गरेको सहकारीका अध्यक्ष कृष्ण ब. थापाले बताउनु भयो ।

IMG_7194.JPG
कार्यक्रममा नेपाल कृषि सहकारी केन्दिय संघका अध्यक्ष खेम बहादुर पाठकको प्रमुख आतित्यता रहेको कार्यक्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्य,उपाध्यक्ष यन्त्र बहादुर थापा, नेपाल कृषि सहकारी केन्दिय संघका सञ्चालक सदस्य अप्सरा अधिकारी,कृषि सहकारी सघं बागमतीका अध्यक्ष डिल्ली प्रसाद पाठक,जिल्ला सहकारी संघ धादिङका अध्यक्ष राम चन्द्र आचार्य,साना किसान कृषि सहकारी सघं लि.धादिङका अध्यक्ष रंग प्रसाद थपलिया लगायत जिल्लाका अन्य सहकारीका अध्यक्षहरु र संस्थाका शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस