FLASH NEWS

धादिङमा थप ५० जनामा डेंगु संक्रमण पुष्टि

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ कार्तिक ४, शुक्रबार (२ साल अघि)
  • ११२

    Shares

धादिङमा थप  ५० जनामा डेंगु  संक्रमण पुष्टि

धादिङका थप ५० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा २४ पुरुष र २६ महिला गरी ५० जना संक्रमण पुष्टि भएको हो । योसँगै गत साउन १ गतेदेखि यता जिल्लामा डेंगु बिरामीको संख्या एक हजार ५सय ९४ पुगेको छ ।

स्वास्थ्य कार्यालय धादिङको विवरण अनुसार जिल्लाका ८७७ जना पुरुष र ७१७ महिला गरी कुल एक हजार ५९४ जनामा संक्रमण पुष्टि भएको छ। सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ९५८ रहेको छ भने गजुरीमा १०६ र त्रिपुरासुन्दरीमा ६८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

यस्तै धुनिबेशीमा ७३, गल्छीमा ६८, ज्वालामुखीमा ६५, बेनिघाट रोराङमा ३९, सिद्धलेकमा ३८, थाक्रेमा १७, नेत्रावती डवजोङमा १२, रुवीभ्यालीमा ९, गंगाजमुनामा २७ र खनियाबास गाउँपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ८ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) बाट परिक्षण हुदैँ आएको छ ।

No photo description available.

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस