३५२
Sharesधादिङको थाक्रे गाउपालिका ९ मा धान खेतीमा अनुगमन गरिएको छ। थाक्रे गाउपालिका ९ मा लगाइएको पायोनियर मसिनो जातको धान पाक्ने समय करिब १ सय ३५ दिन भएपनि बाला लाग्ने बेलामा धनको बालामा अधिकाम्स ठाउमा भुस मात्रै देखापरेपछि कृषक हरुले पालिकालाई खबर गरेका थिए । खबर पायपछि थाक्रे गाउपालिका कृषि विकास शाखाका प्रमुख तथा कृषि प्राबिधिक सौगात जंग थापा उक्त धान खेतीमा पुग्नु भएको थियो।
धानमा देखा परेको समस्या को पहिचान गरि त्यसको बारेमा किसान हरुलाई जानकारी गराउदै थापाले बाकि रहेको धान लाइ अहिले नकाट्न र अरु बिग्रिएको धान लाइ पालिका बाट के गर्न सकिन्छ पहल गर्ने बताउनु भयो। उक्त अनुगमनमा थाक्रे गाउपालिका कृषि विकास शाखाका प्रमुख तथा कृषि प्राबिधिक सौगात जंग थापा , किसान महासंग धादिङको इन्चार्ज अरुण कुमार लामा ,सदस्य रामजी आचार्य , सदस्य सिताराम आचार्य लगायतको सहभागी रहेका थिय।
भिडियो https://youtu.be/cr6tbnnL1jo
https://www.youtube.com/watch?v=cr6tbnnL1jo&t=8s