१९०
Sharesधादिङमा डेंगु संक्रमणको संख्या थप ५८ जनामा पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा ३० पुरुष र २८ महिला गरी ५८ जना संक्रमण पुष्टि भएको हो ।
यो सँगै गत साउन १ गतेदेखि यता जिल्लामा डेंगु बिरामीको संख्या एक हजार ५ सय ४४ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङको विवरण अनुसार जिल्लाका ८सय ५३ जना पुरुष र ६सय ९१ महिला गरी कुल एक हजार ५सय ४४ जनामा संक्रमण पुष्टि भएको छ।
सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ९सय २४ रहेको छ भने गजुरीमा १सय ६ र त्रिपुरासुन्दरीमा ६७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
यस्तै धुनिबेशीमा ७३, गल्छीमा ६३, ज्वालामुखीमा ६४, बेनिघाट रोराङमा ३९, सिद्धलेकमा ३६, थाक्रेमा १७, नेत्रावती डवजोङमा ११, रुवीभ्यालीमा ९, गंगाजमुनामा २१ र खनियाबास गाउँपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ ।
कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ८ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) बाट परिक्षण हुदैँ आएको छ ।