FLASH NEWS

धादिङमा पछिल्लो २४ घण्टामा ५५ जनामा डेंगु संक्रमण पुष्टि

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ कार्तिक २, बुधबार (२ साल अघि)
  • ८०

    Shares

Post Thumbnail

धादिङमा पछिल्लो २४ घण्टामा ५५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा ३५ पुरुष र २० महिला गरी ५५ जना संक्रमण पुष्टि भएको हो ।

योसँगै गत साउन १ गतेदेखि यता जिल्लामा डेंगु बिरामीको संख्या एक हजार ४८६ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङको विवरण अनुसार जिल्लाका ८२३ जना पुरुष र ६६३ महिला गरी कुल एक हजार ४८६ जनामा संक्रमण पुष्टि भएको छ।

सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ८९३ रहेको छ भने गजुरीमा १०६ र त्रिपुरासुन्दरीमा ६४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

यस्तै धुनिबेशीमा ६७, गल्छीमा ४८, ज्वालामुखीमा ६४, बेनिघाट रोराङमा ३९, सिद्धलेकमा ३४, थाक्रेमा १७, नेत्रावती डवजोङमा १०, रुवीभ्यालीमा ९, गंगाजमुनामा २१ र खनियाबास गाउँपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ८ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) बाट परिक्षण हुदैँ आएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस