FLASH NEWS

धादिङमा पछिल्लो २४ घण्टामा ३७ जनामा डेंगी संक्रमण पुष्टि

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ कार्तिक १, मंगलबार (२ साल अघि)
  • १०७

    Shares

Post Thumbnail

स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा १६ पुरुष र २१ महिला गरी आज ३७ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ८५१ ज्ना रहेको छ भने गजुरीमा १०६ र त्रिपुरासुन्दरीमा ६४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।

गत साउन १ गतेदेखि यता ७८६ जना पुरुष र ६४५ महिला गरी जिल्लामा डेंगु बिरामीको संख्या एक हजार ४३१ पुगेको हो ।

यस्तै धुनिबेशीमा ५८, गल्छीमा ४८, ज्वालामुखीमा ६२, बेनिघाट रोराङमा ३९, सिद्धलेकमा ३४, थाक्रेमा १७, नेत्रावती डवजोङमा ९, रुवीभ्यालीमा ९, गंगाजमुनामा २० र खनियाबास गाउँपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ८ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा हाल ३ स्थान धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र बाट परिक्षण हुदैँ आएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस