FLASH NEWS

धादिङको दुइवटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०७९ आश्विन २०, बिहिबार (२ साल अघि)
  • २८१

    Shares

धादिङको दुइवटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

धादिङ जिल्लाका दुइवटै प्रतिनिधिसभा क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज बिहिबार दिनको १ बजे २ नं. निर्वाचन क्षेत्र र मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको थियो भने ३ बजे क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय धादिङ जिल्ला अदालतका न्यायाधिष स्वीकृति पराजलीले उद्घान गर्नुभयो । त्यसैगरि २ नं. क्षेत्रको कार्यालय निर्वाचन अधिकृत कृष्ण कुमार कार्कीले उद्घाटन गर्नुभएको हो ।


जिल्ला समन्वय समितिको हाताभित्र रहेको भवनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा २ नं. क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय बनाइएको छ । गल्छी गाउँपालिका वडा नं. ६ महेश दोभानमा रहेको शहरी विकास कार्यालयको भवनलाई १ नं. क्षेत्र निर्वाचन अधिकृतको कार्यालय बनाइएको छ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश पराजलीलाई मुख्य निर्वाचन अधिकृत खटाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटनमा जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा लगायतको उपस्थिति रहेको थियो ।
मुख्य निर्वाचन अधिकृत पराजलीले स्वच्छ र भयरहित वातावरणमा निर्वाचन हुने बताउँदै निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न सम्बन्धित सबैसंग आग्रह पनि गर्नुभएको छ ।


धादिङमा तीन वटा निर्वाचन क्षेत्र रहेको छ । निर्वाचन अधिकृतको कार्यालय उद्घाटनसंगै मंसिर ४ गते हुने चुनाव लक्षित गतिविधि बढ्दै गएको छ । आयोगले यहि असोज २३ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरेको छ ।
धादिङ जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा ५३ र क्षेत्र नं. २ मा ६१ गरी १सय १४ मतदान स्थल रहेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनकालागि धादिङमा कूल दुई लाख ६५ हजार ९ सय ९६ जना मतदाता रहेका छन् ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस