FLASH NEWS

धादिङमा थप ४१ जनामा डेंगु संक्रमण, संक्रमितको सङ्ख्या ६सय ३४

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ आश्विन १३, बिहिबार (२ साल अघि)
  • ९१

    Shares

Post Thumbnail

धादिङमा पछिल्लो २४ घण्टामा ४१ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य कार्यालय धादिङका अनुसार आज बिहिबार  २८ पुरुष र १३ महिला गरी ४१ जना नयाँ बिरामी थपिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक तोयानाथ छत्कुलीले जानकारी दिनुभयो ।

यो सँगै गत साउन १ गतेदेखि यता धादिङमा मात्रै डेंगु बिरामीको संख्या ६सय ३४ पुगेको छ । स्वास्थ्य कार्यालयको विवरण अनुसार जिल्लाका ३सय ६३ जना पुरुष र २सय ७१ महिला गरी कुल ६सय ३४ जनामा संक्रमण पुष्टि भएको छत्कुलीले बताउनुभयो।

धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र)बाट परिक्षण हुदैँ आएको छ ।परिक्षण गरिएका मध्ये धेरै केश नीलकण्ठ नगरपालिकामा भेटिएको छ । नीलकण्ठमा ३सय ३४, गजुरीमा ८१ र त्रिपुरासुन्दरीमा ३६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । नीजि अस्पताल तथा स्वास्थ्य संस्थामा जाँच गराउनेको सङ्ख्या यकिन छैन ।

यस्तै गल्छीका २३, धुनिबेशीका २२, ज्वालामुखीका २१, सिद्धलेकका १२, थाक्रेका ८, नेत्रावती डवजोङका ५, बेनिघाट रोराङका ४, रुवीभ्यालीका २ जना र गंगाजमुनाका १ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म खनियाबास गाउँपालिकामा संक्रमित भेटिएका छैनन् । कुल संक्रमित मध्ये ८० जनाको ठेगाना खुलेको छैन भने तिन जना अन्य जिल्लामा परिक्षण गरिएको छत्कुलीले बताउनुभयो ।

संक्रमितमध्ये केही बिरामी अस्पताल भर्ना भइरहेका छन् भने सामान्य अवस्थाका बिरामीलाई होमआइसोलेशनमा रहेका छन् ।संक्रमण तिव्र रुपमा फैलिएकाले सतर्कता अपनाउन स्वास्थ्य कार्यालय धादिङले अनुरोध गरेको छ ।डेंगु एडिस (एजिप्टाइ) जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो हो।

प्रायः दिनको समय, विशेष गरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक छत्कुलीले आग्रह गर्नुभएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस