FLASH NEWS

धादिङमा डेंगीको प्रकोप,डेंगीबाट देशभर ३६ को मृत्यु

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ आश्विन १२, बुधबार (२ साल अघि)
  • १३६

    Shares

Post Thumbnail

धादिङमा डेङ्गुका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । डेङ्गु संक्रमितको सङ्ख्या छ सय नजिक पुगेको छ । गत साउन १ देखी आज बुधबारसम्मको विवरण अनुसार जिल्लाका ३सय ३५ जना पुरुष र २सय ५८ महिला गरी कुल ५सय ९३ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक तोयानाथ छत्कुलीले जानकारी दिनुभयो ।

धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र)बाट परिक्षण हुदैँ आएको छ ।परिक्षण गरिएका मध्ये धेरै केश नीलकण्ठ नगरपालिकामा भेटिएको छ । नीलकण्ठमा ३सय १४, गजुरीमा ७२ र त्रिपुरासुन्दरीमा ३६ जनामा डेंगु संक्रमण पुष्टि भएको छत्कुलीले बताउनुभयो । नीजि अस्पताल तथा स्वास्थ्य संस्थामा जाँच गराउनेको सङ्ख्या यकिन छैन ।

उहाँका अनुसार गल्छीका २३, धुनिबेशीका २२, ज्वालामुखीका १५, थाक्रे र सिद्धलेकका ८/८, नेत्रावती डवजोङका ५, बेनिघाट रोराङका ४, रुवीभ्यालीका २ जना र गंगाजमुनाका १ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म खनियाबास गाउँपालिकामा संक्रमित भेटिएका छैनन् । कुल संक्रमित मध्ये ८० जनाको ठेगाना खुलेको छैन भने तिन जना अन्य जिल्लामा परिक्षण गरिएको छत्कुलीले बताउनुभयो ।

संक्रमितमध्ये केही बिरामी अस्पताल भर्ना भइरहेका छन् भने सामान्य अवस्थाका बिरामीलाई होमआइसोलेशनमा रहेका छन् ।संक्रमण तिव्र रुपमा फैलिएकाले सतर्कता अपनाउन स्वास्थ्य कार्यालय धादिङले अनुरोध गरेको छ ।

डेंगु एडिस (एजिप्टाइ) जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो हो। प्रायः दिनको समय, विशेष गरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक छत्कुलीले आग्रह गर्नुभएको छ ।

नेपालमा अहिले डेंगीको प्रकोप बढिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस वर्ष बर्खायाम लागेयता डेंगीबाट २७ हजार ५६९ जनामा संक्रमण पुष्टि भएको छ। ७६ जिल्लामा यसको संक्रमण फैलिएकोमा सबभन्दा बढी १० जिल्लामा यसको प्रकोप देखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अहिले सबैभन्दा बढी डेंगुका बिरामी बामगती प्रदेशमा भेटिएका छन् । बागमती प्रदेशमा २१ हजार ५सय ८९ जना डेंगुका बिरामी भेटिसकेका छन् । गत साउन १ गतदेखि हालसम्म प्रदेश १ मा ८सय १५, मधेश प्रदेशमा ४०५, गण्डकी प्रदेशमा ६सय ५३, लुम्बिनी प्रदेशमा ३ हजार ५०, कर्णाली प्रदेशमा २सय ३६ र सुदुरपश्चिम प्रदेशमा ८सय २१ जना डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस