धादिङको धुनिबेसी नगरपालिका वार्ड न ८मा एक स्वास्थ्यको अबलम्बन, रेबिजबाट शून्य निधन भन्ने मूल नाराका साथ खानीखोलामा रहेको शान्तिदीप एकेडेमीमा एक स्वास्थ्य तथा रेबिज रोगबारे विद्यालय सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
विश्व रेबिज दिवस सेप्टेम्बर को अवसरमा धुनिबेशी नगरपालिकाको आयोजना, नेपाल भेटेरिनरी एसोसिएसन बागमती प्रदेशको सहकार्य तेस्तै हेफर इन्टरनेसनल नेपाल र फोकस नेपाल, धादिङको साझेदारीमा कार्यक्रम भएको हो । कार्यक्रममा जैविक प्रतिनिरोधक , जुनोटिक रोग, साथै रेबिज रोगको बारेमा शान्तिदीप एकेडेमीका कक्षा ९ मा अध्यनरत बिधार्थीलाई अभिमुखीकरण गरिएको थियो ।
धुनिबेसी नगरपालिका वार्ड न ८ का वड़ा सदस्य राजकुमार भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा धुनिबेसी नगरपालिका पशु सेवा शाखा प्रमुख टंक बहादुर कटुवाल , नौबिसे स्वास्थ्य चौकीका इन्चार्ज गीता भट्ट शान्तिदीप एकेडेमीका प्रा अ दिनेश भट्ट हेफर इन्टरनेसनल नेपालबाट डा. राजेन्द्र ढकाल र डा. मन्जिल निरौला, फोकस नेपालबाट सागर धिताल, आशिष छत्कुली, रेश्मा गिरि र लक्ष्मी भट्टराई बिधार्थीहरु लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा धुनिबेसी नगरपालिकाका पशु तथा पन्छी शाखा प्रमुख टंक बहादुर कटुवालले रेबिज रोगको बारेमा र हेफर इन्टरनेशनल नेपालका डा. राजेन्द्र ढकालले एक स्वास्थ्य अबधारणाबारे प्रकाश पार्नु भएको थियो ।