FLASH NEWS

कर्मचारीको सरुवा रोक्न निर्वाचन आयोग द्वारा निर्देशन

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०७९ आश्विन ७, शुक्रबार (२ साल अघि)
  • २९९

    Shares

कर्मचारीको सरुवा रोक्न निर्वाचन आयोग द्वारा  निर्देशन

निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएका कर्मचारी हरुलाई तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ ।

निर्वाचन आयोगको अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न नगराउन र असोज ५ गतेसम्म सरुवा भइसकेको अवस्था भए तत्काल रमाना असोज ९ गतेसम्म सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत नेपाल सरकार, सबै प्रदेश सरकार र सबै स्थानीय तहहरूलगायत सबै सार्वजनिक निकायहरूलाई निर्देशन दिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ  ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस