६३४
Sharesकेवलपुर महिला साना किसान कृषि सहकारी संस्था लि.को १२औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साविकको केवलपुरमा रहेको केवलपुर महिला साना किसान कृषि सहकारी संस्थाले शनिबार बार्षिक साधारण सभा मनाएको छ । सभापति समेत रहनुभएका सहकारीका अध्यक्ष अप्सरा अधिकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०७९ प्रस्तुत गर्नु भएको थियो ।
वि.स २०५८ सालमा स्थापना भएको सहकारीको शेयर पुँजी २ करोड ४ लाख रहेको छ । निक्षेप रकम ७ करोड ४४ लाख, जम्मा कोष ४ करोड २१ लाख, आन्तरीक श्रोत १२ करोड,ऋण लगानी २१ करोड ४१ लाख, सावा असूली १७ करोड ७४ लाख व्याज असूली २ करोड ७२ लाख र कुल ल र र २४ करोड ७ लाख रहेको सहकारीका व्यवस्थापक सुरेश कोईरालाले उक्त कार्यक्रममा बताउनु भएको थियो ।
संस्थामा अहिले २०१ वटा समुह तथा ११४४ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्यहरुलाई विभिन्न विदामा सम्मान समेत गरेको सहकारीका अध्यक्ष अधिकारीले बताउनु भयो ।
कार्यक्रमा थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्यको प्रमुख आथित्यतामा सम्पन्न भएको साधारण सभामा थाक्रे गाउँपालिका उपाध्यक्ष यन्त्र बहादुर थापा( जिन्दगि ), पुर्व उपाध्यक्ष अम्बिका रुपाखेती,थाक्रे वडा नम्बर ९ का वडा अध्यक्ष श्यामचन्द्र आचार्य, १० का अध्यक्ष गोकुल लामिछाने, वडा सदस्यहरु, भूमेस्थान साना किसान कृषि सहकारी संस्था लि. अध्यक्ष कृष्ण बहादुर थापा, तसर्पु साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष राधिका सापकोटा, गोगनपानी साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष बद्रि प्रसाद रुपाखेती,विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधी, सहकारीका शेयर सदस्यहरुको सहभागीता रहेको थियो ।