FLASH NEWS

आज विश्वकर्मा पूजा गरिँदै

  • टोलटोलको खबर
  • मनोरन्जन
  • प्रकाशित मिति:
  • २०७९ आश्विन १, शनिबार (२ साल अघि)
  • ८२

    Shares

आज विश्वकर्मा पूजा गरिँदै

आज विश्वकर्मा दिवस मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर दिवस मनाउने गरिन्छ ।

बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगेर सेलाउने गरिन्छ ।आज पूजा गरी भोलि नदीमा लगेर मूर्ति सेलाइन्छ । आजका दिन कालीगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने धार्मिक विश्वास छ । आज इञ्जिन जडान भएका यन्त्र गाडीमा समेत पूजा आराधना गर्ने गरिन्छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस