FLASH NEWS

थाक्रे गाउपालिकामा पालिका तहमा सुआहारा दोस्रो कार्यक्रमको सिकाइ आदान प्रदान सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ भाद्र २८, मंगलबार (२ साल अघि)
  • ४१५

    Shares

थाक्रे गाउपालिकामा पालिका तहमा सुआहारा दोस्रो कार्यक्रमको सिकाइ आदान प्रदान सम्बन्धि कार्यशाला गोष्ठी  सम्पन्न

नेपाल सरकारको बहुक्षेत्रीय पोषण योजना कार्यन्वयनको सहयोग यु एस ए आइडि को आर्थिक सहयोग तथा एक्सन नेपालको साझेदारीमा विगत ७ वर्ष देखि संचालित सुआहारा दोस्रो कार्यक्रम धादिङ्गको थाक्रे गाउपालिकामा पालिका तहमा सुआहारा दोस्रो कार्यक्रमको सिकाइ आदान प्रदान सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ।


थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुआहारा सम्बन्धि श्रव्यदृश्य सामाग्रीको प्रस्तुतीकरण ,हालसम्म प्राप्त नतिजा ,उपलब्धि र सिकाइ सम्बन्धि सुआहाराको प्रस्तुतीकरण अनुभब आदानप्रदान ,छलफल तथा पृष्ठपोषण तेस्तै मुख्य प्रथामिकता बारे प्रस्तुतीकरण, स्वास्थ्य तथा पोषण क्षेत्रका भएका प्रतिबद्दताको समिक्षा ,मुख्य समस्या, चुनौती र आगामी प्रथामिकता बारे समुहगत छलफल ,पोषण संबेदनशील क्षेत्र : कृषि ,पशुपालन ,शिक्षा ,सरसफाई स्वच्छता ,महिला समानता र सामाजिक समावेशीकरण जस्ता क्षेत्रमा स्थानिय सरकारको प्रथामिकता लागयतका विषयमा छलफल गरिएको थियो।

उक्ता कार्यक्रममा पालिका अध्यक्ष रामकुमार आचार्य , उपाध्यक्ष यान्त्रबहादुर थापा (जिन्दगि) प्रमुख प्रसाशाकीय अधिकृत सबिन शिंग चौधरी , बागमती प्रदेशका सुअहारा कार्यक्रमका बरिष्ठ प्रदेश संयोजक एबम एक्सन नेपालका कर्मचारी , वडा अध्यक्ष हरु पालिका सदस्य हरु ,पालिकाका बिभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरु लगाएतको सहभागिता रहेको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस