FLASH NEWS

युनाइटेड सिमेन्ट प्रा लि द्वारा धुनिबेशी ९ लाई कम्प्युटर तथा लुगा सिलाउने मेसिन हस्तान्तरण

  • टोलटोलको खबर
  • भिडियो
  • प्रकाशित मिति:
  • २०७९ भाद्र २२, बुधबार (२ साल अघि)
  • ७२७

    Shares

युनाइटेड सिमेन्ट प्रा लि द्वारा धुनिबेशी ९ लाई कम्प्युटर तथा लुगा सिलाउने मेसिन हस्तान्तरण

धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ९ लाइ युनाइटेड सिमेन्टले १० वटा कम्प्युटर र १५ वटा लुगा सिउने मेसिन हस्तान्तरण गरेको छ।
सिप विकास मार्फत सामाजिक सशक्तिकरण सस्थागत सामाजिक उत्तरदाइत्व अन्तर्गत कम्प्युटर तथा लुगा सिलाउने मेसिन वडालाई हस्तान्तरण गरिएको युनाइटेड सिमेन्ट प्रालि का सी इ ओ भरत दाहालले बताए।
तेस्तै कार्यक्रमका अतिथि एबम पुर्व वडा अधक्ष्य साइला राइले यो सुरुवात मात्र रहेको र सिमेन्टले अझ बाटो घाटो वातावरण लगायतको विभिन्न काम हरु गर्न बाकि रहेकोले त्यो कामहरु पनि छिट्टै हुनेछ भन्ने आफुले बिस्वास लिएको बताउनु भयो।
तेस्तै हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि एबम धुनिबेशी नगरपालिकाका उप प्रमुख सुरज उप्रेतीले युनाइटेड सिमेन्टले यी सामान हरु वडालाई हस्तान्तरण गरेर राम्रो काम गरेको भन्दै धन्यवाद दिनु भयो। साथै नगरपालिका भित्र रहेको सबै सस्था वा उद्योगको नगरपालिका अभिभाबक रहेको हुदा सबै उद्योगहरु संरक्षण गर्नुपर्ने  हुन्छ तर उद्योगहरुले शिक्षा ,स्वास्थ्य ,खानेपानी वातावरण लगायतको विषयलाइ मध्यनजर गरि  कुनै पनि कुराकोलागी असर नपर्ने गरि उद्योगहरु संचालन गर्नु पर्ने बताउनु भयो। र सम्बृद धुनिबेशी बनाउनको लागि सबै मिलेर काम गर्नु पर्ने पनि उप प्रमुख उप्रेतीले बताउनु भयो।

कार्यक्रमका सभापति एबम धुनिबेशी नगरपालिका वडा नम्बर ९ का वडा अधक्ष्य माधब सिलवालले पनि सिप विकास मार्फत सामाजिक सशक्तिकरण सस्थागत सामाजिक उत्तरदाइत्व अन्तर्गत उद्योगले कम्प्युटर तथा लुगा सिलाउने मेसिन वडालाई हस्तान्तरण गरिएकोमा धन्यवाद दिनु। भयो साथै वरिपरि रहेको उद्योगले गरेको प्रदुषण मात्र देख्दछौ तर तेस बाट भएको फाइदा हरु देख्दैनौ तेसैले सकारात्मक  पाटोलाई पनि हेर्नुपर्छ। प्रदुषण लाइ नियुनिकरण गराउन लगाउने र तेसबाट अन्य फाइदा हरु पनि लिने सिलवालले बताउनु भयो।


उक्त कार्यक्रममा धुनिबेशी नगरपालिकाका उप प्रमुख सुरज उप्रेती , वडा नम्बर ९ का वडा अधक्ष्य माधब सिलवाल , पूर्व वडा अधक्ष्य साइला राइ ,इलाकाप्रहरी कार्यालयका प्रमुख अपुर्ब ढुङ्गाना , सचिब भवानी के सी ,युनाइटेड सिमेन्टका सी इ ओ भारत दाहाल, वडा सदस्यहरु युनाइटेड सिमेन्टका भिभिन्न पधाधिकारी लगायतको उपस्तिती रहेको थियो।

कार्यक्रमको पुरा भिडियो जस्ताको त्यस्तै : https://youtu.be/PA8SzTZu2kk

 

फोटो फिचर :-

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस