९१
Sharesनिजामती सेवा दिवस २०७९ को अवसरमा बुधबार धादिङको धादिङबेशीमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् ।
बुधबार कर्मचारी मिलन केन्द्र धादिङको आयोजना तथा धादिङ अस्पतालको सहकार्यमा धादिङ अस्पताल परिसर रक्त संचार सेवा केन्द्र धादिङको भवनमा भएको रक्तदान कार्यक्रममा ७ महिला र ३० पुरुष गरी ३७ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले बताउनु भयो ।
बिहान ७ बजे देखि दिउँसो २ बजेसम्म संचालन भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो । जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ।
फोटो Dhading sanchar .com