FLASH NEWS

जुगेडी वासीहरुको  गुनासो हामि दिर्घ रोघी हुने  भयौ,  के छत  वास्तविकता ?

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०७९ भाद्र २१, मंगलबार (२ साल अघि)
  • ३७०

    Shares

जुगेडी वासीहरुको  गुनासो हामि दिर्घ रोघी हुने  भयौ,  के छत  वास्तविकता ?

जुगेडी धादिङ । २०७२ बैशाख १२ गतेको भुकम्प पश्चात यूनाइटेड सिमेन्ट उद्योगले झुटो प्रचार गर्दा आफूले आमाको क्रिया गर्न समेत नपाएको तितो र यथार्थ अनुभव बद्री बहादुर राईको छ । “बाँड्दै नबाँडेको राहत बाँडेको भनेर पत्रपत्रिकामा झुटो प्रचार उद्योग व्यवस्थापनले ग¥यो । किन झुटा प्रचार गरेको भनेर स्थानीयहरुले उद्योग प्रशासनसंग बुझ्न जाँदा विवाद भयो । विवाद हुदाँ एक जना खानीखोलाका प्रहरी घाइते भए ।” राईले भने, “प्रहरीले घरघरबाट मानिसहरु पक्रेर थुन्यो । १८ जना मानिस १९ दिनसम्म थुनायो । म थुनामा रहेकै समयमा आमा बित्नु भयो । क्रिया गर्न सम्म पाइन । उद्योग व्यवस्थापनले दिएको दुख सम्झदाँ मन भक्कानिएर आँउछ ।” बद्री बहादुरले सुनाए ।

“गाँउलेहरु माछा पाए कुरामा हात, सर्प परे बाहिर हात गर्छन् । गाँउलेहरु संगठित हुन उद्योग व्यवस्थापनले दिएको छैन । गाँउलेहरु पनि स्वार्थमा डुवेका छन् ।” बद्री बहादुरले थपे । गाउँले एक जुट हुने हो भने उद्योग व्यवस्थापनको दादागिरी कम गर्न सकिने बद्री बहादुर विश्वस्त छन् ।

उद्योग नजिक नै खाजा पसल सञ्चालन गदै आएकी सीताकुमारी राई पनि उद्योगले फाल्ने धुवाँधुलोबाट आजित छिन् । पानीको भाँडा छोप्न विर्सियो भने दुधको तहर जस्तो हुन्छ । मुुख सुख्खा जस्तो हुन्छ । आँखा चिलाउँछन् । झ्याल ढोका थुनेर बस्नु पर्ने अवस्था छ । किसानीहरुलाई त झन समस्या थपिएको छ । उद्योग खुलेर स्थानीयहरु मर्कामा परको उनले बताइन । १२ वर्ष अघि उद्योग खोल्ने बेला स्थानीयलाई लोभ देखाएर सही छाप गरायो । त्यति वेला गर्छु भनेको काम केही गर्दैन । सिमेन्ट उद्योगबाट हामी हेपिएका छौ । हामीले व्यक्तिगत केही मागेका होइनौ । धुवाँधुलो बन्द गरेर बाटो राम्रो र फराकिलो बना भनेको हो तर गर्दैन । यसैगरी उद्योगबाट प्रभावित सिताराम राई पनि छन् । उनलाई समय समयमा एलर्र्जी हुन्छ । अहिले हातमा डावर आएर काम गर्न सक्ने छैनन् ।

उनी भन्छन्, यहाँका मानिसहरु दिर्घरोगी बन्दैनन् । अहिले नै समस्या देखा परेको छ । गाईबस्तु बाख्रालाई हिउँदको समयमा घाँस खुवाउन समस्या हुन्छ । अहिले बर्खामा त पानी परिरहेकोले मात्र हरियो देखिएको हो । हिँउदको बेला त फुस्रो हुन्छ । खेतीपाती गरि खान निकै कठिन छ । घरका झ्याल ढोका खोलेर बस्न समत मिल्दैन धन राइले बताइन् ।

उद्योग स्थापना गर्दा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बनाउने बेलादेखि हस्ताक्षर नगरेका मुकुन्द राइ भन्छन् । मेरै नपुगेका केटाकेटीहरुलाई सहीछाप गराएर लगेर उद्योगको कागजात बनाए । नेताहरु, गाविस सचिव सवैले मलाई नि सहि गर्न भनेका थिए मैले गरिन । उद्योग स्थापना गर्दा वातारण मैत्री हुन्छ भनेका थिए । अहिले दिनमा तीन÷चार पटक धुवाँ छोड्छ । वातावरण विग्रिसक्यो । किसानहरु धेरै मर्कामा छन् । तरकारीको पकेट क्षेत्रमा सिमेन्ट उद्योग खोलर किसानलाई उठिवास लगाउन लागे ।

पहिला एक घर एक रोजगार भनेर धेरै मानिसहरुलाई प्रलोभनमा पारे । अहिले उद्योगमा चार सयको हाराहारीमा कर्मचारी हुदाँ स्थानीय एक जनापछि छैनन् । फलफूलका बोटहरु मर्न थाले । आँप, कटहर, लिचीका फूलहरु मै सिमेन्टको धुलो जम्ने भएकाले फल लाग्न सक्दैन । बोटविरुवाहरु मर्न थालेको छ । अहिले जग्गा दिनेहरु समेत पनि जग्गा दिएर गल्ती गरिएछ भन्नेमा पुगेका छन् ।

यदि सरकारले समयमै ध्यान नदिए अझ ठुलो समस्या आउन सक्छ । सरकारले उद्योगी र स्थानीय वीच छलफल गराएर समस्या समाधान गर्न ढिला नगरोस् भन्छन् मुकुन्द ।

उद्योग छेउमै घर भएकी पुनम राई साना खाजा पसल सञ्चालन गर्छिन् । उनी चिया पकाउँदा समेत छोपेर पकाउन पर्ने अवस्था छ । भाडा माझेर राख्यो । प्रयोग गर्दा पुन माझेर प्रयोग गर्नु पर्ने हुन्छ । अव त मानिसहरु सुतिसके भनेर राती बाह्र∕एक बजे तिर धुवाँ फाल्छ । त्यति वेला बाहिर निस्केको वेला प¥यो भने निसासिन्छ, श्वासप्रवासमा समस्या हुन्छ पुनमले बताइन् ।
उद्योग खुलेपछि गाँउको विकास हुन्छ भनेर कसैले पनि नपत्याउन पर्ने रहेछ । हामी उद्योग खोल्दा जति खुशी थियौँ । अहिले बेखुसी छौ । १०

महिना अघिसम्म हामी कहाँ जाने के गर्ने भन्नेमा थियौ । एक दिन फियान नेपालका सरसंग भेट भएर कुरा राखेपछि अहिले हामीलाई अधिकार के हो कसरी खोज्ने भन्ने बारेमा सिक्दैछौँ । हामी आफ्नो अधिकार प्राप्तीका लागि संगठित भएका छौँ । वातावरणीय प्रभाव मूल्यांकन प्राप्ती गरेरपछि अझ अघि बढ्न सजिलो हुन्छ भनेर लागेका छौँ । दुई पटक उद्योगको कार्यालय डिल्ली बजार गयौँ । तर हामीलाई प्रतिवेदन नदिएपछि राष्ट्रय सूचना आयोग गयौँ । उहाँहरुले उद्योगले सूचना नदिनुको कारण लेखेको कागज माग्नु भयो ।

त्यो कागज नभएका कारण हामीले हुलाक बाट दुई वटा पत्र पठाएका छौँ । । जुगेडी खाद्य अधिकार प्रभावित समूहकी संयोजक रमा राई भन्छिन् । उद्योगले हामीलाई मानिसलाई गर्ने व्यवहार गरेर हामी हाम्रो अधिकार लिएर छाड्छौँ भनेर समूह बनाएका छौँ । अधिकार के हो, कसरी पाइन्छ भनेर खोज्दै छौँ । वडा अध्यक्ष, धुनीवेसी नगरपालिका प्रमुख समक्ष डेलिकेशन गएका छौँ । सिमेन्ट उद्योगबाट निस्कने धुवाँधुलो पूर्ण रुपमा बन्द गरिनु पर्ने, मुख्य राजमार्ग देखि उद्योग सम्म आउने सडक पक्की ढलान वा कालो पत्र गर्नु पर्ने, कृषि विमा (वाली तथा पशु) गरिदिनु पर्ने, अहिलेसम्मको क्षतिपूर्ति दिनु पर्ने, स्थानीय समूदायका सवै सदस्यको पूर्ण स्वास्थ्य विमा गरिदिनु पर्ने, स्वास्थ्य सेवा गाँउबाट हुनु पर्ने र स्थानीय महिलाहरुलाई हस्तकला सीप सम्वन्धी तालिम सञ्चालन गरि व्यवसायिक बनाउनु पर्ने स्थानीयहरुलाई एक घर एक रोजगार दिने आश्वासन कार्यान्वय गर्नु पर्ने माग राखेका छौ । यी हाम्रा माग पुरा गरेसम्म हामी संर्घष गरिरहने छौँ ।

हाम्रा माग सरकारसंग राख्छौ । हामीले माग्दा सुचना नदिने उद्योग व्यवस्थापनले दिने झुटो आश्वासनको पछि लाग्दैनौँ । कानूनी प्रक्रियाबाट अधिकार प्राप्ती गर्ने प्रक्रियामा अघि बढेको सँयोजक राइले बताईन् ।

सोही गाँउमा सञ्चालन गरिएको फर्म उद्योगले पनि स्थानीय आजित भएका छन् । चौविसै घण्टा उद्योग सञ्चालन हुन्छ । केमिकल रागले मानिसहरु विरामी पर्न थालेका छन् । झ्याल ढोका लगाएर बस्नु पर्ने अवस्था छ । घरसंगै जोडेर उद्योग बनाएको छ सुनिता राइले बताइन् । उद्योगका साहुलाई भन्यौँ भनेर नगनाउने बनाउछु भन्छ गर्दैन । हामीलाई समस्या परेको छ, उनले सुनाइन् । गाँउ र तरकारी पकेट क्षेत्रको वीचमा सिमेन्ट उद्योग सञ्चालन गर्दा स्थानीय किसान मर्कामा परेका छन् ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस