२५३
Sharesधादिङ को खानीखोलामा रहेको कृषि विकास बैक लिमिटेड शाखा कार्यालय खानीखोला धादिङको आयोजना तथा उत्प्रेरणा महिला कृषि सहकारी सस्था लि को सहकार्यमा सोमबार धुनिबेशी ६ तल्लो बनियाटारमा २२ दिने वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरता कार्यक्रम सुरुगरिएको छ।
धुनिबेशी नगरपालिकाका उपमेयर सुरज उप्रेतीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा धुनिबेशी ६ का वडा अधक्ष्य रमेश आचार्य , जिल्ला सहकारी संघ धादिङ्गका अधक्ष्य रामचन्द्र आचार्य ,उत्प्रेरणा महिला कृषि सहकारी सस्था लि का अधक्ष्य सारदा पाण्डे विविन्न सहकारीका प्रमुख तथा प्रतिनिधिहरु ,किसान कृषि विकास बैक लिमिटेड शाखा कार्यालय खानीखोलाका बेबस्थापक लक्ष्मी देवी कड्का लगायत को सहभागिता रहेको थियो।
कृषि विकास बैक लिमिटेड शाखा कार्यालय खानीखोलाको आयोजनामा यस्तो वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरता कार्यक्रम अन्य विभिन्न ठाउमा पनि संचालन गरिसकेको कृषि विकास बैकले जनायको छ।
कार्यक्रमको तस्विर हरु।