२१०
Sharesभाद्र ११ थाक्रे,धादिङ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी थाक्रे गाउँ पार्टी कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । थाक्रे ८ धार्केमा आयोजित अधिवेशनमा समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेका थिए । उपाध्यक्ष पाण्डेले केपी ओलीकै कारण पार्टी एकता टिकाउन नसकेको बताउदै भने-‘केपी ओली कम्युनिष्ट चरीत्रका होइनन्,उनले पार्टी कम्पनी स्टाइलमा चलाउन खोजेकोले ,हामीले विरोध गर्यौँ ।’ उपाध्यक्ष पाण्डेले नेपालमा कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने काम केपी ओलीले गरेको बताए । उनले आगामी निर्वाचनमा पार्टीले निर्णायक जनमत पाउने बताए । उनले भने-यसभन्दा अघिको स्थानीय निर्वाचनमा पार्टी संगठन निर्माण गर्दागर्दै चुनावमा जान पर्यो, गठबन्धनको अलि बढी आशा गरियो ,जम्मा २७ प्रतिशत स्थानमा मात्रै गठबन्धन सफल भयो , गठबन्धनबाट केहि उपलब्धि भएको छ, तर सोचेको जस्तो भएन ।’पाण्डेले आगामी निर्वाचनमा संघिय निर्वाचन क्षेत्रको भागबण्डाको संख्याको प्रस्ताव मिलाउन गाह्रो नहुने बताए। उनले भने-४-५ दिनमा टुङ्गो लाग्छ, चाडै टुङ्याउन पर्ने अवस्था छ । उनले स्थानीय निर्वाचन षडयन्त्रपुर्ण र जालझेलपुर्ण भएपनि संघ र प्रदेशको चुनावमा त्यस्तो नहुने आशा व्यक्त गरे । उम्मेदवार नै नभएको क्षेत्रमा सम्बन्धित पार्टीको मात्रै चुनाव चिन्ह हुने बताउदै उपाध्यक्ष पाण्डेले आजको मितिसम्म गठबन्धन कायम रहने र त्यही अनुरुप पार्टीहरुबीच छलफल भैरहेको बताए । सबै कम्युनिस्ट पार्टीलाई एकताबद्द बनाउन एकीकृत एकीकृत समाजवादीले नेतृत्व गर्ने पाण्डेको धारणा थियो । उनले पार्टी एकता संयोजन समिति बनेपनी कुनै निश्चित पार्टीसंग मात्रै एकता नहुने उनको दावी थियो ।
अधिवेशनमा एकीकृत समाजवादीका युवा नेता कुमार पाण्डेले पार्टीलाई बलियो बनाउन सबै एकजुट हुनपर्ने आवश्यकता औल्याए । पार्टीका बागमती प्रदेशका सदस्य बालकृष्ण आचार्यले भर्खरै अघि बढ्दै गरेको पार्टीलाई जिम्मेवार नेता रकार्यकर्ता जनता माझ जानपर्नेमा जोड दिए । नेता आचार्यले पार्टीलाई आगामी निर्वाचनमा जिताउन सबैजना गम्भीर भएर लाग्नुपर्ने बताए । कार्यक्रममा पार्टीका जिल्ला सचिव सुवास खतिवडाले धादिङमा पार्टीको संगठन विस्तार तिव्र गतिमा भइरहेको बताउदै आगामी चुनावलाई केन्द्रित गरेर सिंगो पार्टी चुनावमा होमिन लागेको बताए । अधिवेशनले माधव गजुरेलको अध्यक्षतामा ७५ सदस्यिय गाँउपालिका कमिटी गठन गरेको छ ।