FLASH NEWS

धुनिवेशीको द्विवारा ज्ञप्ती : “फोहोर व्यवस्थापनका लागि सयौं पटक वार्ता र सहमति तर परिणाम केहि आयन

  • टोलटोलको खबर
  • अर्थतन्त्र
  • प्रकाशित मिति:
  • २०७९ भाद्र १०, शुक्रबार (२ साल अघि)
  • ९०

    Shares

धुनिवेशीको द्विवारा ज्ञप्ती : “फोहोर व्यवस्थापनका लागि सयौं पटक वार्ता र सहमति तर परिणाम केहि आयन

धादिङको धुनिवेसी नगरपालिका वडा नं. १ कुडुल्ले (बञ्चरेडाँडा) मा काठमाण्डौ महानगरपालिकाबाट अव्यवस्थित रुपमा गरिएको फोहोर विसर्जन प्रति धुनिवेसी नगरपालिकाले प्रेस विज्ञप्ती जारी गरेको छ । विगत १७ बर्षदेखि काठमाण्डौ महानगरपालिकाको संयोजनमा विस वटा नगरपालिकाको फोहर नुवाकोट जिल्लाको ककनी गाउँपालिकाको सिसडोलमा विसर्जन हुँदै आएकोमा २०७९ जेठ १० गतेवाट धादिङ्गको धुनिवेसी वडा नं. १ कुडुल्ले (बञ्चरडाँडा) मा उपत्यकाको फोहोर अब्यवस्थित रुपमा विसर्जन गर्न थालिएकोमा आम नगरवासी लगायतलाई जानकारी गराउन नगरपालिकाले विज्ञप्ती जारी गरेको हो ।

धुनिवेशी नगरपालिकाद्धारा गठित वातावरण तथा विपद् व्यवस्थापन समितीका प्रकाश हमालको हस्ताक्षर रहेको विज्ञप्तिमा अवैज्ञानिक र अव्यवस्थित रुपमा कुडुल्ले (बञ्चरडाँडा) मा फोहोर मैला विसर्जन गरिएका कारण वातावरण विनाश हुन गई उक्त क्षेत्रका नागरिकहरुको जनस्वास्थ्यमा प्रतिकूल प्रभाव परी दैनिक कष्टकर जीवन गुजारा गर्न बाध्य रहेको उल्लेख छ ।

विज्ञप्तीमा फोहोरलाई मोहरमा रुपान्तरण गरिएका अभ्यासबाट समेत शिक्षा लिएर फोहोर उत्सर्जन गर्ने निकायलाई आफ्नै र उपयुक्त क्षेत्रमा उचित व्यवस्थापनका लागि आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “एउटा स्थानीय तहको फोहरका कारणले अर्को स्थानीय तहका नागरिकहरु प्रभावित भई वेघरवार हुनुपर्ने बाध्यात्मक परिस्थिती आउनु पक्कै पनि जायज हुन सक्दैन । जनताप्रतिको अहम दायित्ववाट फोहोर उत्सर्जन अनि विसर्जन गर्ने निकायले उन्मुक्ती प्राप्त गर्न सक्दैन । राजधानीवासी जनता मात्र स्वच्छ वातावरणमा जिउन पाउने अनि कुडुल्ले (बञ्चरडाँडा) का नागरिकले नपाउने भन्ने मान्यता राख्नु यूक्ति संगत हँुदैन । वातावरण संरक्षण र प्रदुषण नियन्त्रण, जनस्वास्थ्य एवं सर्वसाधारण जनताको बाँच्न पाउने नैसर्गिक मानव अधिकारसंग सम्बद्ध रहेकाले त्यसका लागि उपयुक्त व्यवस्था गर्नु राज्य एवं सम्बन्धित निकायको कर्तव्य हो ।”

विज्ञप्तिमा नेपालको संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउने र स्वच्छ खानेपानीको अधिकारको ग्यारेण्टी गरेको र वातावरण संरक्षण ऐन, २०५३ मा कसैले पनि वातावरणमा प्रतिकूल प्रभाव पर्ने गरी वा जनस्वास्थ्यका लागि खतरा हुन सक्ने किसिमले प्रदुषण श्रृजना गर्न वा फोहोरमैला निष्कासन गर्न गराउन नहुने यदि वातावरणमा प्रतिकूल प्रभाव पारे वा वातावरण प्रदुषण गरे त्यसलाई आपराधिक कार्य मानेको उल्लेख गर्दै वातावरण विनास हुनवाट जोगाउने उपयूक्त उपायहरु अवलम्बन गर्नु अपरिहार्य हुने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “फोहोरको उचित व्यवस्थापन होस् भनेर जिम्मेवार निकायसंग सयौं पटक वार्ता र सहमति गरियो भयो तर परीणम शुन्य । सयौं पटकका वार्ता र सहमति कार्यान्वयन गर्नुको साटो जिम्मेवार निकाय राज्यसंयन्त्रको दुरुपयोग गरी प्रभावित क्षेत्रका वासिन्दाले स्वस्थ्य वातावरणमा बाँच्न पाउने आवाज बुलन्द गर्दा गोली र लाठी बर्साउँदै स्थानीय निर्दोष नागरीकमाथि झुठा मुद्दा लगाउन उद्धत छ । अव्यवस्थित रुपमा उपत्यकाले फोहोर फाल्दै जाने र त्यसको उचित व्यवस्थापन नगर्ने हो भने स्थानीय नागरिकले आफ्नो अधिकार रक्षाका लागि जबरजस्त कदम उठाउने नै छन् । स्थानीय नागरिकको तत्कालको माग महानगरपालिकासंग गरिएका सम्झौताको अक्षरस पालना र फोहोरको व्यवस्थित रुपमा विसर्जन नै हो ।”

विज्ञप्तिमा अझै भनिएको छ, “कुडुल्ले (बञ्चरडाँडा) मा महानगरपालिकाले फोहोर विसर्जनका लागि स्थानीय सरोकारवाला जनसमुदायसंग गरेका सहमती सम्झौताको कार्यान्वयन भयो भएन? फोहोरको उचित रुपमा वैज्ञानिक व्यवस्थापन गरियो या गरिएन ? यर्थाथ बुझ्न हामी सरोकारवालाहरुसंग विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छौं । स्वस्थ्य वातावरणमा बाँच्न पाउने संवैधानिक अनि कानूनी अधिकारको खोजी गर्दा स्थानीय नागरीकमाथि राज्यले निर्ममतापूर्वक दमन गरी निर्दोष नागरीकमाथि झुठा मुद्दा लगाएको र प्रहरी हिरासतमा लिएको हुँदा स्थानीय नागरीकमाथि लगाइएका झुठा मुद्दा खारेजी, हिरासतमा रहेका बन्दीहरुको निशर्त रिहाई, घाइतेको उपचारको उचित प्रवन्ध गरियोस् र दुर्गन्धरहित स्वस्थ्य वातावरणमा बाँच्न पाउने संवैधानिक अधिकारको रक्षा गर्न र अव्यवस्थित रुपमा फालिएका फोहोरको उचित व्यवस्थापन गर्न अनि हालसम्म गरिएका सहमती सम्झौताको अक्षरस पालना गर्न, आफ्नो कर्तव्य र दायित्वप्रति सदा सचेत र सजग रहन नेपाल सरकार, काठमाण्डौ महानगरपालिका र सम्बद्ध निकायलाई धुनिवेसी नगरपालिका हार्दिक अनुरोध गर्दछ ।”

उपत्यकाको फोहोर विसर्जन गरिने स्थान बनाइएको कुडुल्ले (बञ्चरेडाँडा) आसपासका क्षेत्रहरु धुनिवेसी नगरपालिकाको वडा नं. १, ३ र ४ तथा नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं. १,२ र ३ का स्थानीय बासिन्दाले अव्यवस्थित फोहोर विसर्जनका कारण आफुहरुले नारकीय जीवन जिउनु परेको बताउँदै आएका छन् ।

Nagarik Pati Online बाट

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस