FLASH NEWS

गोलभेंडामा लाग्ने मोजाइक भाइरस कसरी व्यवस्थापन गर्ने ?

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०७९ भाद्र ९, बिहिबार (२ साल अघि)
  • १७९

    Shares

गोलभेंडामा लाग्ने मोजाइक भाइरस कसरी व्यवस्थापन गर्ने ?

टमाटर एक महत्त्वपूर्ण ‘संरक्षी खाद्य’ हो, किनभने यसमा धेरै पौष्टिक मूल्य हुनुका साथै यसको व्यापक उत्पादन हुन्छ। आलु र सखरखण्डपछि यो विश्वको तेस्रो सबैभन्दा ठूलो सब्जी हो, तर ‘केप्ड भेजिटेबल’(मा यसको पहिलो स्थान छ।

सुप, सलाद, अचार, झोल, टक, सस आदि बनाउन टमाटरको प्रयोग गरिन्छ। टमाटर एक गर्मी मौसमको बाली हो, तर यो ठण्डी मौसममा पनि व्यापक रूपमा उत्पादन गर्न सकिन्छ। यसको बोटले धेरै तुषारो सहन सक्दैन। २१ देखि २३ डिग्री सेन्टिग्रेडको औसत मासिक तापमानमा यसको फसल राम्रो हुन्छ, तर व्यापारिक रूपमा यो १८ देखि २७ डिग्री सेन्टिग्रेड तापमानसम्म उत्पादन गर्न सकिन्छ।

यस्तै टमाटरमा धेरै रोगहरू लाग्न सक्छन्। ढुसी, ब्याक्टेरिया वा जीवाणु, भाइरस, जरा गुजुल्टाउने त्यान्द्रे जुका वा असामान्य मौसमको परिवेशका कारण रोगहरू लाग्न सक्छन्। केही प्रमुख रोग मध्येको एक रोग हो, मोजाइक भाइरस ।

लक्षण

पातमा बिराएर हरियो तथा हल्का हरियो रङ्ग (क्लोरोटिक) दागहरू देखा पर्छ। धेरै रोग लागेको बोटमा कम उत्पादन हुन्छ वा उत्पादन हुँदैन।

गोलभेंडाको मोजाइक भाइरसको व्यवस्थापन विधिहरु

– गोलभेंडामा लाग्ने मोजाइक भाइरस सेतो झिंगाले सार्ने भएको हुँदा शुरुमा सेतो झिंगाको नियन्त्रण गर्नुहोस्। यसको लागी एसिटामाइप्रिड २०% एस.पी. ०.५ ग्राम प्रति लिटर पानीमा घोलेर स्प्रे गर्नुहोस् ।

– यदि मोजाइक भाइरस कम बोटमा मात्र देखिएको छ भने उक्त बोटहरुलाई उखेलेर जलाउने गर्नुहोस् र बाँकी बोटहरुमा भिरकोन एच.१ एम.एल. प्रति लिटर पानीमा घोलेर हरेक हप्ताको अन्तरालमा ३-४ हप्तासम्म स्प्रे गर्नुहोस्।

– धेरै क्षेत्रफलमा मोजाइक भाइरस लागेको छ भने सबै बोटहरुलाई उखेलेर जलाउनुहोस्।

व्यवस्थापन विधिहरुः

– कीरा लागेको क्षेत्रबाट अन्य क्षेत्रमा गोलभेडा तथा बिरुवा ओसारपसार नगर्ने। टाँसिने पासो वा पानीको पासोमा फेरेमोन प्रयोग गरी कीराको अनुगमन गर्ने। जंगली आश्रयदाता बिरुवाहरु, धतुरो र कालीगेडी जस्ता बिरुवाहरु हटाउने। गोलभेंडा खेती सकिसकेपछि बालीका अवशेषहरु नष्ट गर्ने। कीरा लागेको क्षेत्रमा आश्रयदाता बिरुवाहरु नलगाउने। कीरा लागेका पात, फल तथा मुना संकलन गरी गहिरो गरी पुर्ने वा प्लाष्टिकको थैलामा बन्द गरी कुहाउने।

– यस कीरा (Tuta absoluta) को फेरोमोन लुर, ओटाटि ट्रयाप वा स्टिकी ट्रयाप प्रति रोपनी २ वटा प्रयोग गर्ने। बत्तीको पासोको प्रयोग गरी वयस्क कीराहरु मानें।

– कीरा लागेको सुरुको अवस्थामा ब्यासिलस थुरिन्जीनेसिस कुरष्टाकी (Bacillus thuringiensis var. Kurstaki) २ ग्राम प्रति लिटर पानीमा घोलेर साँझपख बोट भिज्नेगरी छर्किने। धेरै कीरा लागेको अवस्थामा क्लोरएन्ट्रानिलिप्रोल (Chlorantraniliprole 18.5 % SC) वा स्पिनोसाड (Spinosad 45% SC) १ एम.एल. प्रति ३ लिटर पानीमा मिसाएर छर्ने। एउटै बिषादी निरन्तर प्रयोग नगरी आलोपालो प्रयोग गर्ने।

halo khabar online बाट

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस