१३६
Sharesधादिङको धुुनिवेशी नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत फेरिएका छन् । तत्कालिन प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेल सँघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा हुनुभएको छ । २०७७ साल साउन २८ गते धुनिवेशी नगरपालिकामा सरुवा भएर आउनुभएका कँडेल २ वर्षको कार्यकाल पछि मन्त्रालय सरुवा हुनुभएको हो ।
कँडेलको सरुवा सँगै धुनिवेशीमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय बागमती प्रदेशबाट प्रमुख प्रशासकिय अधिकृतको रुपमा अच्युत राज न्यौपाने आउनुभएको छ । उहाँहरुलाई आईतबार नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि स्वागत तथा बिदाई एवम् फेरी भेटौँला कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा पुर्व जनप्रतिनिधीहरुलाई पनि मायाको चिनो सहित सम्मान गरिएको थियो । कार्यक्रममा नगरप्रमुख बालकृष्ण आचार्य, उपप्रमुख सुरज उप्रेती लगायतका जनप्रतिनिधी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।