FLASH NEWS

खाद्य अधिकारकर्मीद्धारा बागमतीका मुख्यमन्त्री पाण्डे सँग छलफल

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०७९ श्रावण २९, आईतबार (२ साल अघि)
  • १२१

    Shares

खाद्य अधिकारकर्मीद्धारा बागमतीका मुख्यमन्त्री पाण्डे सँग छलफल

खाद्य अधिकारकर्मीहरुले बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डे सँग छलफल गरेका छन्।प्रदेशमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन गर्न आगामी दिनमा प्रदेश सरकार कसरी अगाढी बढ्ने भन्ने सन्दर्भमा मुख्यमन्त्री पाण्डेसँग छलफल भएको हो ।

छलफलमा खाद्य अधिकार सम्बन्धी संघीय स्तरमा भएका ऐन, नीति तथा कानूनहरुलाई प्रदेश स्तरमा कार्यान्वयन गर्ने सन्दर्भमा मुख्यमन्त्री पाण्डेले फियान नेपालसँग सल्लाह तथा सुझाव समेत लिनु भएको थियो । उहाँले आगामी दिनमा प्रदेश सरकारले खाद्य अधिकार तथा सो सम्बन्धी विषय कार्यान्वयन गर्न सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस