FLASH NEWS

आज दिनभर मौसम बदली र वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ श्रावण २६, बिहिबार (२ साल अघि)
  • २११

    Shares

आज दिनभर मौसम बदली र वर्षाको सम्भावना

देशका विभिन्न भू-भागमा आज (बिहीबार) दिनभर मौसम बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज पनि देशका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रदेश-१, वागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने बताएको छ । प्रदेश-१, वागमती र गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी भू-भागका एक\दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस