११८
Sharesराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामि मंसिर ४ गते हुने निर्वाचनमा सोच बदलेर मतदान गर्नको लागि धादिङबासीलाई आग्रह गर्नुभएको छ ।
पुरानै पार्टीले काम गर्लान भनेर बर्षौदेखी कुरेर बस्दा पनि केहि परिवर्तन नभएको भन्दै लामिछानेले अब सोच बदलेर मतदान गर्नुपर्ने बेला आएको बताउनुभयो । सोच बदलेर मतदान गरे आफुले देश बदल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दलहरु नाताबाद,कृपावाद र व्यक्तिवादी भएको कारणले विकास नभएको भन्दै सामान्य नागरिकहरुको अवस्था ज्यूँको त्यूँ भएको बताउनुभयो। राजनीतिक व्यवस्था परिवर्तन भए पनि नागरिकहरुको अवस्था उस्तै भएको भन्दै लामिछानेले मंसिर ४ मा घण्टिमा मतदान गरेर विकासको क्रान्तिको सूरुवात गर्नुको लागि आग्रह गर्नुभयो ।
जिल्ला भेलालाई सम्बोधन गर्नुहुदै उहाँले आफ्नो सरकार आए आगामी ८ बर्ष भित्र बुढिगण्डकी जलबिद्युत आयोजना निर्माण गर्ने बताउनुभएको छ । पुर्व सन्चारकर्मी समेत रहेका लामिछानेले डिपिआर भएको ८ बर्षसम्म पनि निर्माण कार्य सुरु गर्न नसकेको भन्दै उहाँले कमिसनको खेल रहेसम्म बुढि गण्डकी नबन्ने बताउनुभयो ।
कमिसनको खेलको कारणले देश विकास नभएको भन्दै देशमा भष्ट्राचार रहेसम्म देश विकास नहुने बताउनुभयो। ठूला पार्टीसँग कुनै एजेण्डा नै नभएको भन्दै उहाँले आफु कुरा भन्दा काम गर्न आएकाले एकपटक परिक्षण गर्न आग्रह गर्नुभयो । भेलालाई रवि लामिछाने सहित केन्द्रिय नेताहरुले सम्बोधन गरेका थिए ।