२९४
Sharesअर्जुन न्यौपाने । तपाईंहरुले सामान्य कति रुपैयाँमा कफी पिउनु हुन्छ ? पक्कै कफीको चल्तिको औसत मुल्य १ सय २० रुपैयाँ देेेखि सुरु हुन्छ । यो भन्दा सस्तो मुल्यमा त कफी पाइदै पाइन्न । तर, अब पोखराको नयाँबजारमा अवस्थित y5 रेस्टुरेन्टमा नेपालकै सस्तो मुल्यमा कफी पाइने भएको छ । नयाँ सेवा सुविधासहित माघ १ गते देखि सञ्चालनमा आएको यो रेष्टुरेण्टमा ५५ रुपैयाँमा नै ग्राहकले Americano , Cappuccino, Espresso मा अर्गानिक कफिको स्वाद लिन सक्नेछन् ।
पोखरामा बढेको कफी कल्चरलाई मध्यनजर गर्दै सस्तोदरमा कफी उपलब्ध गराउन लागिएको संचालक रञ्जित दनैले बताए ।
कफि पारखीहरुको आत्मसम्मान गरेर सस्तो मूल्य थोरै मुनाफा राखिएको दनैको भनाइ छ ।
कफीसंगै अन्य खाना र खाजाका आइटमहरु उपलब्ध हुने रेष्टुरेण्टमा इन्टरनेट र पार्किङ स्पेसको समेत राम्रो सुविधा रहेको छ ।